नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको छ भने चाँदीको ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार प्रतितोला ४ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





