नीति तथा कार्यक्रम: ‘भिजिट नेपाल २०८५’ मनाइने

काठमाडौं । नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे ।

यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा उनले गरे । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *