आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सोही विषयलाई समेटिएको छ ।

संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ‘आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिनेछ ।’

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि उनले बताए । विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षितको माध्यम बननाइनेछ ।’

राष्ट्रिय ग्रीड नपुगेका क्षेत्रमा लघु आयोजना, सोलार तथा वायु ऊर्जा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *