सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको छ ।

आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।

साथै आजको बैठकमा संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *