बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ। मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार मन्त्रालय घटाउने निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

बागमती प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो । सोही सुझावलाई प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *