यशोदा फुड्सद्वारा नयाँ स्वादको चाउचाउ र चिज बल्स सार्वजनिक
मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो । कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र…



