जिपको विश्वस्तरीय सोरुम अब पोखरामा

जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।

नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिए । गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय भएको बताए।

उद्घाटनमा एमएडब्लु लाइफका सिइओ अनिश लामिछाने ,प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोला लगाएतको उपस्थिति थियो। जिपले ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ ।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको छ । जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । जिपले यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत इम्प्रेसिभ ग्रोथ’ गरिरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *