रियलमीले नेपाली बजारमा रियलमी-९आई स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा स्न्यापड्र्यागन ६८० ६ एनएम प्रोसेसर प्रयोग गरिएको छ।
रियलमी-९आई सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हो। यो फोनको आवरणसँगै यसको चार्जिङ र ब्याट्री पनि परिस्कृत छन् स्न्यापड्र्यागन ६८० प्रोसेसर भएकोले लास्ट-जेन प्रोसेसर स्न्यापड्र्यागन ६६२ को तुलनामा फोनको सिपियू प्रदर्शनी राम्रो छ। साथै, यसको एआई प्रदर्शनी पनि राम्रो हुन्छ।
कम्पानीका अनुसार नयाँ रियलमी-९आईको ब्याट्री क्षमता ८ आईको तुलनामा ४६ प्रतिशतले सुधार गरिएको छ। रियलमी-९आईमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ। यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोनमा ९० हर्जको रिफ्रेस रेट दिइएको छ। रियलमी-९आईमा सुपर पावर सेभिङ मोड पनि दिइएको छ।
कम्पनीका अनुसार यही फागुन ९ गतेदेखि ११ गतेसम्म दराज अनलाइनबाट रियलमी-९आई प्रि-बुकिङ गर्न सकिन्छ। र, फागुन ११ गतेदेखि १३ गतेसम्म नेपालभर रहेको सिमित आउटलेटहरूबाट फोन प्रि-बुकिङ गर्न सकिन्छ।
कम्पनीले ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको रियलमी-९आई को बजार मूल्य २४ हजार ४ सय ९९ रुपैयाँ र ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।







