नेपालका लागि होण्डा मोटर साइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले काठमाडौंमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले फाल्गुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।
क्याम्पको अविधि भर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइकवा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७००० रुपैयाँ अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।