नेपालमा पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ । यो सबैभन्दा धेरै इन्धन प्रभावकारी रहेको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कष्ट’का कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *