वाणिज्य बैंकहरुले आफ्नै कर्मचारीलाई दिए साढे ५५ अर्ब ऋण

बैंकहरुले आफ्नै कर्मचारीलाई ठूलो परिमाणका कर्जा लगानी गर्ने गरेका छन् । कर्मचारीलाई आवश्यक परेको ऋण सोही बैंकले सहुलियत व्याजदरमा दिने भएका हुन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २२ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई करिब साढे ५५ अर्ब रुपैयाँ कर्जा दिएका छन् । कर्मचारीका लागि दिएको कर्जा नखुलेका बैंकहरुमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक र लक्ष्मी बैंक हुन् ।

२२ वटा वाणिज्य बैंकहरुले कर्मचारीको लागि ५५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ कर्जा दिएका छन् । कर्मचारीलाई सबैभन्दा बढी कर्जा दिने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई ५ अर्ब ९७ करोड ७० लाख रुपैयाँ कर्जा दिएको छ । नविल बैंकले ५ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ कर्जा दिएको छ ।
हिमालयन बेंकले १ अर्ब ५६ करोड ५५ लाख, नेपाल एसबीआई बैंकले २ अर्ब ३३ करोड २४ लाख, नेपाल बंगलादेश ९एनबी० बैंकले १ अर्ब ५६ करोड ४३ लाख, एभरेष्ट बैंकले २ अर्ब १९ करोड ५६ लाख, बैंक अफ काठमाडू बीओके ले १ अर्ब २७ करोड ५४ लाख र एनसीसी बैंकले आफ्ना कर्मचारीलाई १ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ कर्जा रहेका छन् ।

बैंकहरुका अनुसार एनआईसी एसिया बैंकले ३ अर्ब ६६ करोड ९३ लाख, माछापुच्छ्रे बैंकले ३ अर्ब ५० करोड ६४ लाख, सिद्धार्थ बैंकले १ अर्ब ८२ करोड ३३ लाख, कृषि विकास बैंकले ४ अर्ब २४ करोड ४६ लाख, ग्लोबल आईएमई बैंकले १ अर्ब ७४ करोड ६५ लाख, सिटिजन बैंकले १ अर्ब ३४ करोड ६१ लाख, प्राइम बैंकले ९९ करोड ७४ लाख, सनराइज बैंकले १ अर्ब ३२ करोड ७७ लाख र एनएमबी बैंकले १ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ कर्जा आफ्ना कम्पनीलाई बुजाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *