राधे राधेमा खुल्यो हुन्डाईको नयाँ सोरुम

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको सोरुमको संख्या १५ पुगेको छ।

कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ सोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ अनुभव गर्न सक्नेछन्। भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ सोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरू सोकेस गरिएको छ।

भक्तपुर र आसपासका क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको यो सोरुममा सेल्स, सर्भिस र स्पेयर्सपार्टस सहितको थ्रीएस सेवा उपलब्ध छ। अन्य शोरुममा जस्तै यहाँबाट ग्राहकहरूले दक्ष र अनुभवी कर्मचारीहरूद्वारा गाडी खरिद र खरिदपछिको सेवा लिन सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालभर १५ वटा सोरुम तथा १९ वटा सर्भिस स्टेसन छन्। हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो। हुन्डाईले उत्कृष्ट गुणस्थातर तथा आकर्षक डिजाइनका गाडीहरू उत्पादन गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *