नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा

नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष…

Read More

निसान म्याग्नाइटले १५ देशमा सुरु गर्यो निर्यात

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको हो । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र…

Read More

‘टिभिएस ६ प्राइजको सपराइज’ मा विनोद मानन्धरले जिते कार

दशैंतिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सपराइज योजना अन्तर्गत भक्तपुरका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन् । मानन्धरले उक्त योजनाको क्रममा टिभिएस एनटर्क आरटि एफआइ किनेका थिए । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल आकर्षक तथा भव्य उपहारहरु प्राप्त गरेका छन्…

Read More

बजाजको नयाँ सर्भिस सेन्टर गुसिङगालमा

बजाज मोटरसाइकलको नयाँ शोरुम कुपण्डोलको गुसिङगालमा खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर खोलेको हो । अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको कम्पनीले जनाएको छ । मोटर साइकल सर्भिसिङमा २० वर्षको…

Read More

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा

काठमाडौंको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई…

Read More

बतासलाई अपराधीजस्तो नबनाउन नाडाको चेतावनी

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बतास समूहमाथी आएका समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित नभएको जनाएको छ । नाडाले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । नेपालको अटोमोवाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स…

Read More

‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौं फिर्ता

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो । उनले भने‚ ‘पोखरा उडेको जहाज चार/पाँच मिनेटमै डोर अनलकको इन्डिकेटर पाइलटले देखेपछि फर्काइएको थियो ।’ थापाका अनुसार यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा…

Read More

नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक बजारमा

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री…

Read More

पठाओले सुरु गर्‍यो राइड सेयरिङ बिमा, के छ प्रावधान ?

वैकल्पिक सार्वजनिक यातायात कम्पनीको आएको पठाओले राइड सेयरिङ बिमा सेवा सुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बिमा सुरु गरेको हो । राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले…

Read More

प्लेनमा अफिस जान्छन कर्ट भोन

विश्वका कयौं मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो । अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दूरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् । तर, एक अमेरिकी नागरिक दिनहुँ आफ्नो कार्यालय बसमा होइन, विमानै चढेर जान्छन् । यसरी विमान चढेरै कार्यालय पुग्ने अमेरिकी नागरिक हुन्– कर्ट…

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेशनन फ्लाईटका लागि अझै डेढ महिना लाग्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा केही लिबम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरूको चेकजाँच भइरहेकाले डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थलमा विद्युतको समस्या समाधान भैसकेको, प्राविधिकहरूलाई…

Read More

बुद्ध जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध जहाजको इन्जिन फेल भएको छ । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएर आकस्मिक अवतरण गरेको छ । जहज १ बजेर १६ मिनेटमा उडेको थियो भने उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेको…

Read More

बीएमडब्लूले उत्पादन गर्यो विद्युतीय गाडी

जर्मन लक्जरी कार निर्माता बीएमडब्लुले आफ्नो इलेक्ट्रिक आइएक्स इभी एसयुभी लन्च गर्दैछ । यो कार युरोपेली र अमेरिकी बजारमा उपलब्ध हुने छ । यसलाई युरो एनसीएपी क्र्यास टेस्टमा पनि सबैभन्दा सुरक्षित कार मानिएको छ । यो बायाँ हात र दायाँ दुबै हातले ड्राइभिङका लागि दिइएको छ । यसमा एडल्ट ओक्युपेन्ट प्रोटेक्शन श्रेणीमा ९१ प्रतिशत रेटिङ…

Read More

‘यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज’को विजेता बनिन् उज्वला घिमिरे

यामाहाको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको शुक्रबार भएको र्‍यालीमा घिमिरे विजेता बनिन् । उनी प्रति लिटर ६१।४२ किलोमिटरका साथ विजेता बनेकी हुन्। यस्तै, प्रति लिटर ५८।९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सुनिल लम्साल…

Read More

इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ ।  पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे । हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन…

Read More

विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक

एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए । २६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो…

Read More

पाइलटले जहाजलाई अनुमतिमै नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम

नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो । निगमले जारी गरेको विज्ञप्ति :…

Read More

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि  सर्भे सुरु भएको हाे। पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पिन…

Read More

भैरहवा–विराटनगर सिधा उडान सुरू, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने

सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो । आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन…

Read More

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या…

Read More