अर्काकी श्रीमतीलाई चुम्बन गरेको फोटो ससुराको ह्वाट्सएपमा पठाएपछि नाइट बसका चालकविरुद्ध मुद्दा

काठमाडौं । आफू ‘श्रीमानसँगै बसिरहेको छु’ भन्दै सम्पर्क नगर्न आग्रह गरेकी विवाहित महिलाका अन्तरङ्ग फोटो र भिडिओ उनका ससुरालाई ह्वाट्सएपमा पठाएको आरोपमा रात्रीबस चालक तीरमान तामाङविरुद्ध मुद्दा दायर भएको छ। काँकडभिट्टा–काठमाडौं रुटमा बस चलाउने तामाङमाथि महिलाको चरित्र हत्या गरेको आरोपमा सरकारी वकिलको कार्यालयले शुक्रबार झापा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत अभियोगपत्र दायर गरेको हो। उदयपुरगढी…

Read More

स्तन क्यान्सर सचेतनाका लागि असोज १७ गते ‘पिंकवाक २०२६’ आयोजना हुने

काठमाडौं। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, प्रारम्भिक पहिचानको महत्व बुझाउने तथा क्यान्सर प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६) बिहान ६ बजे यो पदयात्रा कार्यक्रम गर्न लागेको हो। काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट…

Read More

कुकुरलाई पुलबाट फॅ्याक्ने महिला पक्राउ

काठमाडौँ। कुकुरमाथि हिंसा गर्दै पुलबाट नदीमा फॅ्याक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३, पाडेसकी ४२ वर्षीया विमला देवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै निवासबाट नियन्त्रणमा लिइएको हो। केही दिनअघि कुकुरमाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा…

Read More

विवाहको बहानामा युवती फँसाउने हिरोको ‘स्मार्ट ठगी’ : सभामुख जोडिएपछि हङ्गामा, जाहेरीले खोल्यो रहस्य

काठमाडौं । तेह्रथुमका संजय खतिवडा भनेर चिनाउने ४१ वर्षीय डम्बर खतिवडा अहिले प्रहरी हिरासत छन्। पक्राउ पर्नुअघि प्रहरीलाई प्राप्त अनलाइन जाहेरीकी जाहेरीवाला महिलासँग लण्डनमा कार्यक्रमका सिलसिलामा भेट भएपछि आत्मीय सम्बन्ध बनाएको र त्यसैको आडमा ठगी गरेको पाईएको छ। भदौ ८ गते पक्राउ परेका खतिवडामाथि वैदेशिक रोजगार, ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।…

Read More

सुनसरीसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ चोठचन्द्र पर्व सम्पन्न

इनरुवा । सुनसरीसहित मिथिला क्षेत्रमा गणेश चतुर्थी अर्थात् चोठचन्द्र (चौरचन) पर्व श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ मनाइएको छ । मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस पर्वमा चन्द्रमाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्यता र समृद्धिको कामना गरिएको छ । भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा यस क्षेत्रका मैथिल समुदायले आआफ्ना घरको…

Read More

तीजको मूल मर्म जोगाउन भड्किलोपन रोक्नुपर्छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टण्डनले हरितालिका तीजलाई केवल धार्मिक पर्वका रूपमा सीमित नगरी नेपाली महिलाको पीडा, प्रतिरोध र सामाजिक अभिव्यक्तिको ऐतिहासिक माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन् । पछिल्ला वर्षहरूमा तीजको मौलिक स्वरूप बजारमुखी र भड्किलो बन्दै गएको भन्दै उनले यसको सांस्कृतिक मर्म जोगाउन सचेत प्रयास आवश्यक रहेको बताएका हुन् । डा. टण्डनले तीजका गीतहरू…

Read More

‘सरकारले अर्बौंको राहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पार्यो’

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्ताएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा…

Read More

आज कुशे औंसी – बुबाको मुख हेर्ने पर्व, घर-घरमा कुश भित्र्याइँदै

काठमाडौं। वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन यो पर्व मनाउने परम्परा रहेको छ। शास्त्रीय विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजका दिन उखेलिएको कुश…

Read More

गुप्तचरकै अनुसन्धान अधिकृत हनिट्रयापमा: आरोपी महिला कारागार चलान

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा पक्राउ परेकी ३२ वर्षीया कुसुम गुभाजुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। रामेछाप घर भई काठमाडौँमा बस्दै आएकी गुभाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान…

Read More

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (मंगलबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको…

Read More

जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ । आज (म‌गंलबार) भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको…

Read More

किन हुन्छ बलात्कार ?

काठमाडाैं । पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलत्कारको घटना हुने गर्छ । नेपालको कानुनले योनि, गुदद्वार र मुखमा लिंगको प्रवेशलाई बलात्कार मानेको छ । तर औंला वा शरीरका अन्य अंग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई बिश्वका अन्य देशमा बलात्कार मानिन्छ तर नेपालमा मानिएको छैन । नेपालमा बलात्कारका घटना सम्बन्धी पछिल्लो उपलब्ध…

Read More

सभामुखलाई १ करोड ७५ लाख बुझाउनुपर्ने भन्दै युवती ठग्ने ‘हिरो’ प्रहरी हिरासतमा

काठमाडौं । विवाह गर्ने आश्वासन दिँदै महिलासँग नजिकिएर रकम असुल गरेको आरोपमा पक्राउ परेका अभिनेता सञ्जय खतिवडाविरुद्ध काठमाडौं प्रहरीमा थप जाहेरी परेको छ। ‘फिल्मी हिरो’ डम्बरका नामले समेत चिनिने खतिवडाले आफू दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न लागेको भन्दै एक युवतीबाट लाखौँ रुपैयाँ लिएको आरोप जाहेरीमा उल्लेख छ। यसअघि बेलायतमा बस्दै आएकी नेपालीमूलकी एक महिलाबाट…

Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् । उक्त प्राकृतिक…

Read More

भोटेकोसी बाढीबाट प्रभावितका लागि सोनाम गियरको २० लाख सहयोग

काठमाडौँ । नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण विस्थापित भएका र सर्वस्व गुमाएका पीडित परिवारका लागि खाद्यान्न, आवास,…

Read More

यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे

काठमाडौं। आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव नेपाल आइपुगेका छन् । उनी दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउादा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक…

Read More

रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ । १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पु¥याउन टोलीलाई खटाइएको हो । तत्कालका…

Read More

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । जेलबाट रिहा भएपछि मंगलबार सामाजिक संजालमा उनले सत्य नमरेको र कलमा हारेको छैन् भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन्…

Read More

मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् । सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो…

Read More

प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो : हरिवंश

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे । मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले…

Read More