रमिते डाँडामा दुहबीकि उपमेयर पोख्रेलको रमिता
दमक । जनप्रतिनिधिद्वारा सरकारी स्रोतसाधनको दुरुपयोगको घटना नौलो होइन । तर, सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोख्रेल खतिवडा आँफैले सरकारी गाडीको यतिसम्म्म दुरुपयोग गरेकी छिन् कि जसले जनप्रतिनिधिको नैतिक धरातलमाथि नै प्रश्न उब्जाएको छ । साउन १४ गते बुधबार, पोख्रेल कार्यालय समयमै नगरपालिकाको बा.२ झ. ३१९५ नम्बरको स्कारपियो गाडी लिएर मोरङको रमिते डाँडा पुगिन् ।…



