कुकुरलाई पुलबाट फॅ्याक्ने महिला पक्राउ

काठमाडौँ। कुकुरमाथि हिंसा गर्दै पुलबाट नदीमा फॅ्याक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३, पाडेसकी ४२ वर्षीया विमला देवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै निवासबाट नियन्त्रणमा लिइएको हो। केही दिनअघि कुकुरमाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीमाथि छानबिन सुरु गरेको थियो।

उक्त भिडियो करिब दुई हप्ता पुरानो भएको बताइएको छ। भाइरल भिडियोपछि स्थानीय र एनिमल राइट्सका अभियन्ताहरूले कुकुरको खोजी र दोषीमाथि कारबाहीको माग गरेका थिए। प्रहरीले कुकुर भने फेला पर्न सकेको छैन।

रोकायालाई हाल प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *