अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था…

Read More

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले १७ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका ढुंगानालाई डेपुटी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । ग्रीन डेभलपमेन्ट बैंकमा प्रवेश गर्नुअघि ढुंगाना कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए ।

ढुंगानाको नियुक्तिसँगै बैंकले आफ्नो…

Read More

प्रभु बैंकको रेटिङमा गिरावट, ‘नेगेटिभ वाच’ कायमै; खराब कर्जा १५.५५ प्रतिशतमाथि

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको इस्युअर रेटिङ ‘डबल बी प्लस’बाट घटाएर ‘डबल बी’मा झारेको छ । क्रेडिट रेटिङ एजेन्सीले  बैंकले जारी गरेको १ अर्ब रुपैयाँको सबअर्डिनेटेड डिबेन्चरको रेटिङसमेत घटाइएको छ । सामान्यतः क्रेडिट रेटिङ घट्नु भनेको बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामाथि जोखिम बढेको संकेत हो । प्रभु बैंकको हकमा…

Read More

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकका केही संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न इच्छा जनाउँदै बैंकमा निवेदन दिएका थिए। सोही आधारमा बैंकले उक्त शेयर बिक्रीका लागि आह्वान गरेको थियो।तर, तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि पर्याप्त आवेदन नपरेपछि बैंकले अब…

Read More

स्ट्यान्डर्ड चार्टर्डको चेक क्लियरिङमा समस्या, सेवाग्राहीलाई तीन दिनसम्म सास्ती

काठमाडौं । बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् । विशेषगरी शुक्रबार प्रणालीमा समस्या आएपछि एक्सप्रेस क्लियरिङमार्फत चेक पठाएर तत्काल रकम प्राप्त गर्ने अपेक्षामा रहेका ग्राहकहरू प्रभावित…

Read More

प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित सहयोग रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)…

Read More

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। आज अपरान्ह साढे ३ बजे बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंक सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित)…

Read More

अटिजम भएका बालबालिका र अभिभावकप्रति समर्पित नबिल बैंकको भावनात्मक भिडियो सार्वजनिक

काठमाडौं । नबिल बैंकले अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकप्रति समर्पित गर्दै एक भावनात्मक भिडियो सार्वजनिक गरेको छ । बाबुको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोले अटिजमप्रतिको सामाजिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै स्वीकार्यता र समान अवसरको सन्देश दिएको छ । बाबु र अटिजम भएका छोराबीचको निःशब्द तर गहिरो सम्बन्धलाई केन्द्रमा राखिएको भिडियोमा पारिवारिक…

Read More

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई प्रदान

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। भाद्र २५ सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको ७ हजार ५१० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण…

Read More

बैंकिङ प्रणालीबाट आज फेरि रु. ७० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २६ गते फेरि ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। यसका लागि निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको…

Read More

‘प्रधानमन्त्रीको सचिवालयमा छोरा छ’ भन्दै नियामकमाथि लामिछानेको दबाब, प्रभु बैंकमा मनपरी

काठमाडौं । प्रभु बैंककी लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले प्रधानमन्त्री कार्यालयमा कार्यरत सुवास शर्मा आफ्नो छोरा भएको भन्दै नेपाल राष्ट्र बैंकका अधिकारीहरूमाथि प्रभाव पार्न खोजेको पाईएको छ । प्रधानमन्त्री कार्यालयमा बालेन शाहका स्वकीय सचिवका रूपमा कार्यरत सुवास शर्मा र लामिछानेका छोराको नाम एउटै भएको फाईदा उठाएर प्रभाव जमाउन खोजिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। लामिछानेले…

Read More

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ…

Read More

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच समझदारी, कर्मचारीलाई सहुलियत कर्जा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार आयोजित कार्यक्रममा समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन्। राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि…

Read More

सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडाैं । सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै…

Read More

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड ३१ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रकम सहयोग प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा…

Read More

प्रभु बैंककी संचालक लामिछाने कारबाहीमा, असुलेको सम्पूर्ण रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछाने कारबाहीमा परेकी छन्। संचालक लामिछानेले आफ्नै छोराका नाममा  सरस्वती इभेन्ट्स प्रालि नामक कम्पनी खडा गरी रकम अशुल्दै आएकी थिईन्। लामिछानेले आख्तियारको दुरुपयोग गरी आँफै संचालक रहेको बैंकबाट नियमविपरीत रकम अशुल्दै आएपछि उनीविरूद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । लामिछ्नेविरूद्धको उजुरीमाथि अनुसन्धान हुँदा कैफियत भेटेपछि राष्ट्र…

Read More

महालक्ष्मी विकास बैंक आइएसओ ९००१:२०१५ बाट तेस्रो पटक प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट…

Read More

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ। न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले…

Read More

कामना सेवा विकास बैंकद्वारा विद्यालयमा शैक्षिक तथा आवश्यक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ । बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु-याउने…

Read More