काठमाडौँ । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछाने कारबाहीमा परेकी छन्। संचालक लामिछानेले आफ्नै छोराका नाममा सरस्वती इभेन्ट्स प्रालि नामक कम्पनी खडा गरी रकम अशुल्दै आएकी थिईन्।
लामिछानेले आख्तियारको दुरुपयोग गरी आँफै संचालक रहेको बैंकबाट नियमविपरीत रकम अशुल्दै आएपछि उनीविरूद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । लामिछ्नेविरूद्धको उजुरीमाथि अनुसन्धान हुँदा कैफियत भेटेपछि राष्ट्र बैंकले उनीमाथि कारबाही गरेको हो ।
राष्ट्र बैंकले लामिछानेले नियमविपरीत असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको जनाएको छ । राष्ट्र बैंकक एक अधिकारीका अनुसार लामिछानेलाई नियमविपरीत लिएको सम्पूर्ण रकम तुरुन्तै फिर्ता गर्न भनिएको छ । साथै, भोलिका दिनमा पदीय मर्यादाविपरीत आर्थिक अपचलन लगायतका कुनै पनि कार्य नगर्नु / नगराउनु भनी सचेत गराइएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार लामिछाने संचालक बनेपछि सो कम्पनीको खातामा बैंकबाट डाईरेक्ट रकम जम्मा गरेको नदेखिएको भए पनि प्रभु बैंकको चेकमार्फत् अर्को बैंकमा रहेको सोहि कम्पनीको खातामा रकम भुक्तानी गरिएको भेटिएको छ।
यता प्रभु बैंकले भने लामिछानेलाई जोगाउनका लागि बैंकमा रहेको उनको कम्पनीको खाताको विवरण ( बैंक स्टेटमेन्ट ) मात्र पेश गरेको पाईएको छ।
संचालक लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ लिँदै आएको तथ्य सार्वजनिक भएपछि बैंककै एक शेयरधनीले छानविनको माग गर्दै नियामक नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । राष्ट्र बैंकमा परेको उजुरीमा लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा बैंकबाट करोडौं रुपैयाँ लिएको तथ्य उल्लेख गरिएको थियो।
‘लामिछानेले बैंकको संचालक नरहँदा र हाल रहँदा समेत बैंकबाट उक्त कम्पनीका नाममा विभिन्न शिर्षकमा रकम लिंदै आएकी छन्। बैंकको संचालक जस्तो महत्वपूर्ण पदमा रहेर बैंकको साधन स्रोतको चरम दुरुपयोग गर्दै लामिछाने बैंकबाट विज्ञापन तथा विजनेस प्रमोशनका नाममा ठूलो रकम लिँदै आएकी छन्। लामिछानेले बैंकबाट मासिक पाँच लाख पैंसठी हजार रुपैयाँ सोहि कम्पनीका नाममा लिने गरेकीछन्। बैंककी संचालक लामिछानेले कम्पनी खोलेदेखि नै बैंकबाट नियमित रुपमा अप्रत्यासित रकम लिंदै आएको हुँदा यसमाथि छानविन गरि कारबाही गरियोस्।’ उजुरीमा उल्लेख छ।

के छ कानूनी व्यवस्था ?
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’
यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले अविलम्ब छानबिन गरी आवश्यक कारबाही गर्ने बताएका थिए। ‘यदि बैंकभित्र यस्ता किसिमका अनियमितता र वित्तीय अपराध भएको भेटिएमा सम्बन्धित बैंक तथा व्यक्तिमाथि समेत कडाभन्दा कडा कारबाही हुन्छ।’अपराध गर्ने संचालक या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए संचालक समितिबाटै हटाईने उनको भनाइ थियो।
तर, पावर र पहुँचका आडमा लामिछानेमाथि कारबाही हुन सकेको थिएन।
उजुरी परेको १ वर्ष भन्दा बढी समय बितिसक्दा पनि राष्ट्र बैंकले कारबाही गर्न आलटाल गरेपछि बैंकका शेयरधनीहरु लामिछानेविरूद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय पुगेका थिए । प्रधानमन्त्री कार्यलयमा परेको उजुरी समेत राष्ट्र बैंक पुगेपछि मात्र उक्त उजुरीमाथि राष्ट्र बैंकले कारबाही अघि बढाएको हो। यधपि उनले नियमविपरीत रकम अशुल गरेको निष्कर्ष सहित फिर्ता गर्न निर्देशन दिएको राष्ट्र बैंकले उनको पदीय हैसियत के हुने ? कस्तो किसिमको कारबाही हुने ? रकम फिर्ता गर्दैमा उन्मुक्ति दिन मिल्छ या मिल्दैन यस बारे भने केहि खुलाएको छैन।
जबकी बैंकको संचालक समिति सदस्यले बैंकबाट बैठक भत्ता बाहेक कुनैपनि सेवा सुविधा लिन नपाईने नेपाल राष्ट्र बैंक ऐनमा उल्लेख छ। त्यस्तै, पदको दुरुपयोग गरी आर्थिक लाभ लिने संचालकलाई संचालक समितिबाटै हटाईने स्पष्ट व्यवस्था वाफियाले समेत गरेको छ।
प्रभु बैंकका पूर्व सीईओलाई नगद जरिवाना, करोडौँ असुल्ने सञ्चालकलाई ‘उन्मुक्ति’
राष्ट्र बैंकबाट सुनुवाइ नभएपछि लामिछानेविरुद्धको उजुरी मन्त्रिपरिषद् र अख्तियारमा
सञ्चालककै कम्पनीमा करोडौं प्रवाह: अम्बिका लामिछानेले बैंकबाट कति कुम्ल्याइन् ? (विवरणसहित)






