नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

बैंकका केही संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न इच्छा जनाउँदै बैंकमा निवेदन दिएका थिए। सोही आधारमा बैंकले उक्त शेयर बिक्रीका लागि आह्वान गरेको थियो।तर, तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि पर्याप्त आवेदन नपरेपछि बैंकले अब अन्य इच्छुक तथा योग्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो।

संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदकले सूचना प्रकाशित भएको मिति भदौ २७ गतेले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

त्यस्तै शेयर खरिदका लागि राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर–१०, चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *