अटिजम भएका बालबालिका र अभिभावकप्रति समर्पित नबिल बैंकको भावनात्मक भिडियो सार्वजनिक

काठमाडौं । नबिल बैंकले अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकप्रति समर्पित गर्दै एक भावनात्मक भिडियो सार्वजनिक गरेको छ । बाबुको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोले अटिजमप्रतिको सामाजिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै स्वीकार्यता र समान अवसरको सन्देश दिएको छ ।

बाबु र अटिजम भएका छोराबीचको निःशब्द तर गहिरो सम्बन्धलाई केन्द्रमा राखिएको भिडियोमा पारिवारिक माया, संघर्ष र सामाजिक व्यवहारलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

‘फरक हुनु असामान्य हुनु होइन’ भन्ने मूल भाव प्रस्तुत गरिएको भिडियोले अटिजम भएका बालबालिकालाई दयाको दृष्टिले मात्र हेर्नुभन्दा उनीहरूको क्षमता, रुचि र सम्भावनालाई बुझेर अघि बढाउनुपर्ने सन्देश दिएको छ ।

भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *