सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीको क्लब योजनामा उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो। कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ…

Read More

निर्जीवन बीमा कम्पनीको नाफा २ अर्ब ७२ करोड, अधिकांशको नाफा घट्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ४ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको यसै अवधिको तुलनामा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको मुनाफा घटेको छ । प्रभु…

Read More

नेशनल लाइफको जीवन बीमा कोष १ खर्ब नाघ्याे, व्यापारमा १४ प्रतिशतकाे वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार १०.३५ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा कम्पनीको यस्तो कोषमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमा…

Read More

एग्री केयरले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शदातामा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन (IPO) गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले आफ्नो संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप…

Read More

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिसँगै उनले साउन २९ गतेदेखि सीईओका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

Read More

रिलायबल नेपाल लाइफ नाफा ५८ करोड २६ लाख, ३२ प्रतिशतले बढ्यो जीवन बीमा कोष

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २.१८…

Read More

सानिमा जिआइसी इन्स्योरेन्सको खुद नाफा १३ करोड, प्रतिशेयर आम्दाी कति ?

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको व्यवसाय विस्तार भए पनि खुद नाफामा उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ…

Read More

आईजीआई प्रुडेन्सियलको बीमाशुल्क आर्जन ४ अर्ब ३८ करोड रुपैयाँ नाघ्यो

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको अधिकांश प्रमुख सूचकमा वृद्धि भए पनि खुद नाफामा भने करिब ९९ प्रतिशतको भारी गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही…

Read More

सन नेपाल लाइफको ‘दुई क्षेत्रका एडीएम तथा सन इमर्जिङ क्लब’ अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको…

Read More

सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफामा सामान्य सुधार भए पनि कम्पनीको व्यवसाय विस्तार भने तुलनात्मक रूपमा बलियो देखिएको…

Read More

एशियन लाइफको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ…

Read More

सानिमा रिलायन्स लाइफको ‘Vision to Value 2083’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा, उत्कृष्ट कर्मचारी तथा शाखाको सम्मान र आगामी आर्थिक वर्षको रणनीतिक योजना निर्माण गर्ने उद्देश्यले आयोजना गरेको ‘Vision to Value 2083’ कार्यक्रम सम्पन्न गरेको छ। ‘Empowering the Pinnacle for Elite Results’ नारासहित आयोजित कार्यक्रम पोखरामा दुई दिनसम्म सञ्चालन भएको हो। कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समितिका…

Read More

प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन २१ प्रतिशतले वृद्धि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद…

Read More

नेपाल लाइफको व्यापार १२ प्रतिशतले बढ्यो, जीवन बीमा कोष पौने ३ खर्ब नजिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १५.०२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९०…

Read More

सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, कस्तो छ अन्य सूचक ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा ३८ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा १.६९ प्रतिशत बढी हो। समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख…

Read More

सानिमा रिलायन्स लाइफको भिजन भ्यालु २०८३ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स Vision to Value 2083 कार्यक्रम, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया लगायत कम्पनी सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन…

Read More

सूर्यज्योति लाइफको नाफा ८.५४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । गत आवको चौथो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन १२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको खुद नाफा समेत वृद्धि भएको छ । कम्पनीले ३८ करोड २ लाख रुपैयाँबराबरको…

Read More

रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले शुक्रबार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको उल्लेखनीय सहभागिता…

Read More

नेशनल लाइफको ब्रान्च म्यानेजर्स कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च म्यानेजर्स कन्फ्रेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो ।…

Read More

रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक तथा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यही साउन २२ गते सूचीकृत भएका छन् । नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त…

Read More