नेशनल लाइफको जीवन बीमा कोष १ खर्ब नाघ्याे, व्यापारमा १४ प्रतिशतकाे वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार १०.३५ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा कम्पनीको यस्तो कोषमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमा शुल्क १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ तथा खुद आर्जित बीमा शुल्क १२.५१ प्रतिशतले वृद्धि भई २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ पुगेको छ। रिटेण्ड अर्निङ्ग भने ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *