लुम्बिनी प्रदेश सरकारले के-के गर्‍यो निर्णय ?

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन)…

Read More

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिए ।  

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णयहरू (सूचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयहरू सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका हुन्। उनका अनुसार, तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको छ । यस्ता छन् निर्णयहरू : –नेपाल धितोपत्र बोर्डको अध्यक्ष…

Read More

एनटिए अध्यक्ष भण्डारीमाथि आरोपको चाङ: राजिनामा दिन नमानेपछि हटाउने सरकारको तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) का अध्यक्ष भुपेन्द्र भण्डारीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै राजिनामा दिई मार्ग प्रसस्त गर्न भनिएको भए पनि उनले भने पद छोड्न अस्वीकार गरेका छन् । सूचना प्रविधि तथा संचारमन्त्री बिक्रम तिमिल्सिनाले मन्त्रालयमै बोलाएर राजिनामा दिएर काम मार्ग प्रसस्त गर्न निर्देशन दिँदा समेत भण्डारीले पद ओगटेरै बसेपछि भने नेतृत्वमाथि नै विविध किसिमका…

Read More

पद धरापमा परेपछि गृहमन्त्री सुधन गुरुङले भने- मविरुद्ध मिडिया ट्रायल गरियो, कारबाही रोकिँदैन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्। गृहमन्त्री पद नै धरापमा परेपछि गएराति सामाजिक सञ्जालमा उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका र आफूविरुद्ध प्रायोजित हल्ला चलाइएको भन्दै प्रष्टीकरण दिएका हुन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग…

Read More

सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट…

Read More

मालवस्तु ढुवानीमा स्थानीय तहले अब कर लगाउन नपाउने

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको बाटो हुँदै जाने मालवस्तुको ढुवानीमा कुनै पनि प्रकारको कर लगाउन नपाइने भएको छ । बुधबार बसेको अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्यसरी कर लगाइनु नेपालको संविधान र प्रचलित कानुनको भावना विपरित भएको समेत बताएको छ…

Read More

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए । उनले भने,…

Read More

इमानसँग अर्थमन्त्री : सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे । अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो…

Read More

मन्त्रालयका सबै गाडीको विवरण बुझाउन प्रधानमन्त्री कार्यालयको २४ घन्टे अल्टिमेटम

काठमाडौँ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्नो मातहतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। सचिवस्तरीय निर्णयअनुसार मन्त्रालय, विभाग तथा मातहतका कार्यालयहरूमा प्रयोग भइरहेका र मर्मतमा रहेका सबै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको विवरण माग गरिएको हो। सबै मन्त्रालयलाई तोकिएको ढाँचामा २०८३ वैशाख ३ गतेभित्र विवरण अनिवार्य रूपमा…

Read More

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र…

Read More

बालेन सरकारको निर्णयले राज्यलाई वार्षिक २० करोड थप आर्थिक भार

काठमाडौं । जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले खारेज गरेको संघीय संसदका सदस्यहरूले फेरि स्वकीय सचिवराख्न पाउने प्रक्रिया अघि बढाइएको छ । संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसदहरूका लागि सुविधा स्वरूप एक-एक स्वकीय सचिव दिने प्रक्रिया अघि बढाएसँगै सरकारकाे खर्चमा वृद्धि हुने भएको हाे । असोज ५ गतेको कार्की मन्त्रिपरिषद् बैठकले…

Read More

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् हेरफेर, को-को बने मन्त्री ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्। नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्। नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा…

Read More

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

काठमाडौँ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र…

Read More

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्। बैठक अपराह्न ४ बजे सुरु हुनेछ। मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।    

Read More

एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारी लक्ष्य

काठमाडौँ । आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य लिएको छ । ६ राजनीतिक दलका चुनावी प्रतिबद्धता समेटेर सरकारले बनाएको राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदा अनुसार आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमताको लक्ष्य हासिल गर्न भूमि, वन तथा वातावरण लगायत कानुन परिमार्जन तथा नीतिगत सुधार गरिने भएको…

Read More

पोखरा विमानस्थलमा सटल बस सुरु, असारसम्म निःशुल्क चलाउने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। बसले विमानस्थलदेखि अमरसिंहचोकसम्म यात्रुहरूलाई सेवा दिनेछ। पोखरा महानगरपालिकाका अनुसार यो सेवा असारसम्म निःशुल्क हुनेछ। त्यसपछि न्यूनतम शुल्क निर्धारण गरी सञ्चालन गरिनेछ। महानगर यातायात बस सेवा प्रालिको २ वटा गाडीलाई पोखरा महानगरले व्यवस्थापन गरेर सेवा दिइएको छ ।कामना सेवा विकास बैंक र कृषि विकास बैंकको…

Read More

आगामी ५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र मुलुकमा बहुआयामिक गरिबीको दर २०.२७ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। ६ राजनीतिक दलहरूको घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतामा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता घटाइने उल्लेख छ। सरकारले आगामी ५ वर्ष औसत आर्थिक वृद्धिदर ७…

Read More

सरकारद्वारा १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक(पूर्णपाठ)

काठमाडौं । सरकारले शासकीय सुधारका लागि विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दलहरू र सरोकारवालाहरूको सुझाव र प्रतिक्रिया मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’को लागि सुझाव मागेको हो । सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजनामा राजनीतिक दलहरुको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरू समेटेर राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक गरी लागू गर्ने उल्लेख…

Read More

दुई सातामा ऊर्जा मन्त्रालयमा ४ हजार २६९ वटा गुनासो प्राप्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई सातामा ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै जनगुनासोको सुनुवाई र सम्बोधन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । श्रेष्ठले गत १३ चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी…

Read More