आईएमएफले भन्यो – नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा मात्रै सीमित हुनेछ

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । आईएमएफले विश्व आर्थिक परिदृश्य प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको हो ।

सन् २०२७ मा पनि उल्लेख्य सुधार नभई केवल ३.७ प्रतिशत मात्रै विस्तार हुने आईएमएफको प्रक्षेपण छ । सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत थियो ।

आईएमएफले नेपालमा महँगी बढ्ने अनुमान पनि गरेको छ । सन् २०२५ मा ४.१ प्रतिशतमा सिमित रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ ।

आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *