माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने

काठमाडाैं । आगामी माघ २ देखि ४ गतेसम्म कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुुने भएको छ । चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ । हाल एक्स्पोका लागि सीमित स्टल मात्र उपलब्ध रहेका…

Read More

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि…

Read More

विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग

काठमाडौं। नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् । विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो । यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ…

Read More

इरानमा बढ्दो तनावः अमेरिकी नागरिकहरूलाई तत्काल स्वदेश फर्किन चेतावनी

काठमाडाैं। वासिङ्टन र तेहरानबीच बढ्दो तनाव र इरानभित्र चर्किएको सरकारविरोधी प्रदर्शनका बीच अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरूका लागि लेभल ४ को गम्भीर ट्राभल एडभाइजरी (यात्रा चेतावनी) जारी गर्दै इरानमा रहेका सबै अमेरिकीहरूलाई तत्काल देश छोड्न निर्देशन दिएको छ । मन्त्रालयले इरानमा रहेका अमेरिकीहरूले स्वेच्छाचारी गिरफ्तारी, अपहरण र आतंकवादको गम्भीर जोखिम सामना गर्नुपर्ने भन्दै उपलब्ध भएसम्मका…

Read More

अध्यक्ष घिसिङले भने : एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् । मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा…

Read More

कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी

काठमाडौं। काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ । सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो। बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा…

Read More

नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) का एक समूहबीच पार्टी एकता तथा समायोजनसम्बन्धी सहमति भएको छ । नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमति अनुसार लिम्बुवानको पहिचानसम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ ।…

Read More

महाराजगञ्जमा देउवा-शेखर पक्षकाे छलफल, भृकुटीमण्डपमा गगन-विश्वकाे प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सोमबार आफूनिकट नेताहरुसँग देउवा निवास महाराजगञ्जमा पुगेर कोइरालाले देउवालाई यस्तो आग्रह गरेका हुन् । देउवा पक्षकाे बैठक जारी रहेकै बेला कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू महाराजगञ्ज पुगेका थिए…

Read More

विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने

काठमाडौं। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन् । ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको आयोजनामा हुन लागेको ‘सेल्स बुस्टर २.०’ कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरुलाई प्रशिक्षित गर्न लागेका हुन् । माघ १६…

Read More

२८ औँ भूकम्प सुरक्षा दिवस माघ २ गते देशभर मनाइँदै

काठमाडौं । नेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि २८ औँ पटक देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइने भएको छ । वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको भूकम्प सुरक्षा दिवस…

Read More

सुर्य थापाको टिप्पणी: एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् । कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारे । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति…

Read More

निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए । उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म…

Read More

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबी गरेका छन् । सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको विधान निर्वाचन आयोगले पारित गरेको विधान हो । त्यसैले एक दुई तीन निर्वाचन आयोगले विशेष…

Read More

दोहोर्‍याएर एउटै व्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाडाैं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन् । बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गर्नु परेको बताए । महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट…

Read More

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ। अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी…

Read More

समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे: डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक…

Read More

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न: डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको…

Read More

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार सुरु हुन लागेको हो । बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । महामन्त्री शर्माले पछिल्ला ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुनु राजनीतिक अस्थिरता र नेतृत्वको असफलताको द्योतक भएको टिप्पणी गरेका छन् ।…

Read More

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु (तस्विरहरू)

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरू भएकाे छ । भृकुटीमण्डपमा सुरु भएकाे बन्दसत्रमा श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।

Read More

तीन सन्तान जन्माउने परिवारलाई महिनाको चार हजार भत्ता

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए…

Read More