वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी: ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

काठमाडौं । नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुनः विभाजित अवस्थामा छ । संकटकालको अवधि बढाउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि विकसित घटनाक्रमले कांग्रेसको अनुशासन समितिले देउवालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको थियो । तर देउवाले…

Read More

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा…

Read More

माघी तथा मकर संक्रान्तिको अवसरमा प्रचण्डद्वारा शुभकामना, एकता र समृद्धिको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत संयोजक प्रचण्डले माघी र माघे संक्रान्तिलाई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका जीवन्त पहिचानका रूपमा उल्लेख गर्दै यी पर्वहरूले विविधताभित्र…

Read More

जेनजी मुभमेन्टको चेतावनी, ‘सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु स्वीकार्य छैन’

काठमाडाैं । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी…

Read More

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यसहित “विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ ले दिएको अधिकार प्रयोग गर्दै तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी गरिएको जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क को नीतिगत खाकाको…

Read More

रबि लामिछाने बिरुद्धको सहकारी ठगी मुद्दा फिर्ता भए जिम्मेवारमाथि कारबाही हुनुपर्छ: जेन्जी अभियन्ता सहनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दा यदि कुनै दबाब वा चलखेलमा फिर्ता गरिए त्यसमा संलग्न वकिल र मुख्यन्यायाधिवक्तामाथि चुनावअघि नै कडा कारबाही हुनुपर्ने जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले चेतावनी दिएका छन्। अभियन्ता सहनीले राजनीतिक दबाब, आर्थिक चलखेल र सत्ताको आडमा गम्भीर आपराधिक मुद्दा कमजोर पार्ने वा फिर्ता गर्ने…

Read More

विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटिमण्डपमा देउवाविरूद्ध नाराबाजी (तस्बिरहरु)

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ। सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई निष्काशन गरेपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी थालेका छन् ।

Read More

गगनले भने- हामी नै आधिकारिक कांग्रेस हौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन्। विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ। ‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं। असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हौ। अब हामी…

Read More

नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने भएको छ । कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा कोषका कार्यक्रमलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनका अनुसार सह–कार्यालय रहेको स्थानमा कोषको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद…

Read More

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

काठमाडौं । प्रधानमन्त्री सुशीलाका कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रीहरु, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरु, विभागीय प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन…

Read More

कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल

काठमाडाैं। गृह ओमप्रकाश अर्यालले अहिलेको सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव खलबलिने, हिंसा भड्काउने, राजनीतिक…

Read More

विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्। मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी…

Read More

श्याम घिमिरेले भने-‘सहमतिमा नआए महामन्त्रीहरु निष्काशनमा पर्न सक्नुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले सहमतीमा नआए महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निष्काशनमा पर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा भाग लिन पुगेका नेता घिमिरेले सम्झौतामा नआए आफैँ निष्काशनमा पर्ने दाबी गरेका हुन् । उहाँहरु सम्झौतामा आउनुहुन्छ भन्ने विश्वास छ, सम्झौतामा नआए निष्काशनमा पर्नुहुन्छ ? भन्ने सञ्चरकर्मीको प्रश्नमा उनले भने,…

Read More

शंकर तिवारी भन्छन् – कांग्रेसलाई कांग्रेसबाटै खतरा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक ‘चौबाटोमा चारतारा’ विमोचन गर्दै सो विचार राखेका हुन् । उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेनजी आन्दोलनमा कांग्रेस नबद्लिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर…

Read More

जिल्ला प्रशासन कार्यालय रामेछापको प्रयास : गाउँ–गाउँमा सार्वजनिक सुनुवाई

रामेछाप। जिल्ला प्रशासन कार्यालय रामेछापले सो कार्यालयले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन गाउँ–गाउँमा सचेतना कार्यक्रमका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ । सेवा लिने नागरिकलाई सेवा लिन सहज बनाउने तथा सेवा सिफारिस गर्ने कार्यालयलाई पनि सिफारिस गर्न सहज बनाउने र नागरिकका गुनासो सुन्ने उद्देश्यले कार्यालयले यस्ता कार्यक्रम आयोजना गरेको हो । सोही सन्दर्भमा…

Read More

समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाबाट नासोको रुपमा प्राप्त भएको देशलाई समृद्ध र सबल रुपमा भावी पुस्तालाई जिम्मा लगाउनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले…

Read More

विशेष महाधिवेशन पक्षसँगको वार्ता सुखद भएन, अब निष्कासन हुन्छन्: दीपक खड्का

काठमाडौँ। नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ता सुखद नभएको बताएका छन्। सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहमतिको प्रयासमा पार्टीका शीर्ष नेताहरू नै सक्रिय रहेको जानकारी दिए। खड्काका अनुसार दुवै पक्षलाई एउटै ठाउँमा राखेर समाधान खोज्ने प्रयास भइरहे पनि अवस्था जटिल बनेको छ। ‘उहाँतिर उम्मेदवारी दर्ता चलिसकेको छ, यता केन्द्रीय समिति बैठक…

Read More

कांग्रेसकाे विशेष महाधिवेशन : मनोनयनमा आउन सभापति देउवालाई आब्हान

काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् । उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आब्हान समेत गरे । मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताए । नयाँ नीति र नेतृत्व…

Read More

विशेष महाधिवेशन स्थलबाट बाहिरिए चन्द्र भण्डारी

काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विशेष महाधिवेशन स्थलबाट बाहिरिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट भण्डारी बाहिरिएका हुन् । उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् । पार्टी फुटाउन नहुने पक्षमा रहेका नेता…

Read More

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको…

Read More