निर्देशन अटेरी गरेपछि राष्ट्रिय वाणिज्य बैंकका सीइओ खनाल राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय  वाणिज्य बैंक तथा बैंकका सीइओ देवेन्द्र रमण खनाललाई  कारवाही गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्रिय  वाणिज्य बैंकसहित ५ वाणिज्य  बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ. प्रा. निर्देशन नं. २/०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९ (३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी (Watchlist) वर्गमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाईएपछि कारबाही गरेको हो।

त्यस्तै , राष्ट्र बैंकले बैंकबाट प्रवाह भएका  कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी Capital Adequacy Framework, 2015 बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

छुटाउनु भयो कि ?

राष्ट्रिय वाणिज्य बैंकका सिईओ र अध्यक्षविरुद्व राष्ट्र बैंकमा उजुरी: कर्जामा कमिसन लिएको गम्भीर आरोप

वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाको छोरीको बिहेमा सरकारी गाडीको दुरुपयोग

राष्ट्रिय वाणिज्य बैंकका सिईओ र अध्यक्षविरुद्व राष्ट्र बैंकमा उजुरी: कर्जामा कमिसन लिएको गम्भीर आरोप

राष्ट्रिय वाणिज्य बैंकका सीइओ र अध्यक्षलाई राष्ट्र बैंकले काट्यो पत्र: भ्रष्टाचार र अनियमिततामाथि अनुसन्धान सुरु

राष्ट्रिय वाणिज्य बैंकमा खराव कर्जाको चाङ्ग: राजनीतिक स्वार्थमा बाँडिएका अर्बौं रुपैयाँ जोखिममा

राष्ट्रिय वाणिज्य बैंकमा कृषि कर्जाको चरम दुरुपयोग: हुँदै नभएको कुखुरा फर्ममा झन्डै ४० करोड लगानी

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *