राष्ट्रिय वाणिज्य बैंकका सीइओ र अध्यक्षलाई राष्ट्र बैंकले काट्यो पत्र: भ्रष्टाचार र अनियमिततामाथि अनुसन्धान सुरु

काठमाडौँ। राष्ट्रिय वाणिज्य लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) देवेन्द्र रमण खनाल र बैंकका अध्यक्ष दिलिप ढुङ्गानाविरुद्दको उजुरीमाथि राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको छ। सीइओ खनाल रअध्यक्ष ढुंगाना बिरुद्ध बैंकको जिम्मेवार पदमा रहेर अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार र अनियमितता गर्दै आएको भन्ने गम्भीर बिषयमा उजुरी परेपछि राष्ट्र बैंकले बैंकलाई पत्र काटेर अनुसन्धान सुरु गरेको हो।

राष्ट्र बैंकका उप निर्देशक राजन बाबु पाण्डेले राष्ट्र बैंकलाई काटेको चलानी नम्बर १९९ रहेको पत्रमा भनिएको छ,-यस बैंकमा तहा बैंकका संचालक समितिका अध्यक्ष दिलिप ढुंगाना र प्रमुख कार्यकारी अध्यक्ष देवेन्द्र रमण खनालले कर्जा प्रवाह गर्दा कमिशन लिने गरेको, विज्ञापनका नाममा नातेदार र पार्टीका कार्यकर्तालाई करोडौं रुपैया वितरण गरेको, भ्यालुएटरवाट समेत कमिसन खाने गरेको, लिलामी प्रकृया पारदर्शी नबनाई कम विड रकममै आफ्ना आफन्तका नाममा पार्ने गरेको लगायतका गैर कानुनी कार्य गरेकाले छानबिन गरी कारवाही गर्नुहुन भन्ने व्यहोराको उजुरी परेकाले सो सम्बन्धमा यसै साथ संलग्न गरिएको उजुरीबाट व्यहोरा अवगत गरी के कसो भएको हो? तहाँ बैंककै आन्तरीक लेखापरिक्षण विभागवाट छानविन गराई राय सहितको प्रतिवेदन पन्ध (१४) कार्यदिन भित्र यस विभागमा आईपुग्ने गरी उपलब्ध गराउनु हुन निर्देशानुसार अनुरोध छ।’

सीइओ खनाल रअध्यक्ष ढुंगानामाथि बैंकबाट प्रवाह भएका भूगर्भ सिमेन्ट लगायतका ठूला-ठूला निष्क्रिय कर्जा समेत खराब कर्जामा नदेखाई उक्त कर्जामा समेत कमिसन लिएर ऋणलाई पुनार्तालिकीकारण गरेको र खराब ऋणमाथि पुन: ऋण थप्दै संचालक समितिबाट जबर्जस्ती पास गराउने गरेकोले बैंकको निक्षेप जोखिममा परेको गम्भीर आरोप छ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकको जिम्मेवार पदमा रहेर ग्राहक तथा सरकारी सम्पतिको दोहन गरी आफ्नो अख्तियारको दुरुपयोग गरेको पाईएकोले बैंकका सीइओ खनाल र अध्यक्ष ढुंगानाको गैर कानूनी काम कारबाहीमाथि निष्पक्ष रुपमा छानविन गरी यथासिघ्र कानूनी कारबाही प्रकृया अघि बढाउन माग गरिएको छ।

यो पनि

राष्ट्रिय वाणिज्य बैंकका सिईओ र अध्यक्षविरुद्व राष्ट्र बैंकमा उजुरी: कर्जामा कमिसन लिएको गम्भीर आरोप

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *