गभर्नर सिफारिस समिति सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं ।  सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

यस अघि समितिको सदस्यमा विजयनाथ भट्टराई थिए । तर उनले राजीनामा दिएपछि समितिको एक सदस्य पद रिक्त थियो । रिक्त सदस्यमा समितिले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो।

समितिको संयोजकमा अर्थ मन्त्री विष्णु पौडेल छन् भने अर्का सदस्यमा डा. विश्व पौडेल छन् । यो समितिले गभर्नर नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *