काठमाडौं । बीमा कम्पनीहरूले दीर्घकालीन जीवन बीमा व्यवसायका लागि जोखिमपूर्ण मानिँदै आएको एकल बीमाशुल्क पोलिसीमा पुनः आक्रामक रूपमा व्यवसाय विस्तार गरेको देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा एकल बीमाशुल्क जीवन बीमा पोलिसीको बिक्री दोब्बरभन्दा बढी वृद्धि भएको छ। सो अवधिमा बीमा कम्पनीहरूले यस्तो पोलिसीमार्फत कुल १२ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको ७ अर्ब ८२ करोड रुपैयाँको तुलनामा करिब ५६ प्रतिशतले बढी हो।
यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको एकल बीमाशुल्क आर्जन घटेको छ भने आइएमई लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र रिलायबल नेपाल लाइफले उल्लेख्य मात्रामा यो किसिमको पोलिसी व्यापार बढाएका छन्।
प्राधिकरणलको तथ्यांकअनुसार कम्पनीहरूले दीर्घकालीन बीमाभन्दा तत्काल नाफा सुनिश्चित हुने गरी एकल बीमाशुल्क पोलिसीतर्फ बढी ध्यान केन्द्रित गर्न थालेका छन्। यसमा अभिकर्तालाई कमिशन भार कम पर्ने र एकै पटक बीमाशुल्क संकलन हुने भएकाले प्रशासनिक खर्च घट्दा कम्पनीलाई तत्काल लाभ दिए पनि दीर्घकालिन व्यवसायमा असर पार्नेछ।
बीमा कम्पनीले अपनाएको यस किसिमको रणनीतिले बीमितको दीर्घकालीन हितभन्दा पनि कम्पनीको तत्कालको नाफा प्राथमिकतामा राखेको देखिन्छ।
एकल बीमाशुल्क जीवन बीमा पोलिसीमा बीमितले सम्पूर्ण बीमाशुल्क एकै पटक भुक्तानी गर्ने गर्छन्। बीमा अवधि समाप्त भएपछि बीमांक रकमसहित बोनस रकम एकमुष्ट रूपमा बीमितलाई प्रदान गरिने हुँदा कम्पनीलाई तत्कालका लागि फाईदा पुग्ने भए पनि दिर्घकालमा असर हुने हुँदा बीमा बिश्यलेशकहरुबाटै किसिमको पोलिसी घटाउन बीमा कम्पनीहरुमाथि दवाव छ।
कुन कम्पनीहरुको एकल बीमाशुल्क आर्जन कति ?






