एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा साखाबाट प्रवाह भएका करोडौं ऋण अपचलन भएको पाईएको छ। बैंकका ततकालिन साखा प्रबन्धक र साखा प्रबन्धक संगम अघिकारीको मिलेमतोमा प्रवाह भएका ऋण अपचलन भएको पाईएको हो।

करोडौं निक्षेप दुरुपयोग गरी बैंक छोडेर ‘गोठालो फर्म’ संचालन गर्दै आएका बिनोद घिमिरेले बैंककै शाखा प्रबन्धक सँगको मिलेमतोमा बैंकको करोडौं अपचलन गरेको तथ्य भेटिएको छ। बैंककै कर्मचारी बिचौलिया बनेर विभिन्न व्यक्तिहरुको जग्गाको अत्याधिक मुल्यांकन देखाई बैंकमा घितो बन्धक राख्ने र करोडौं रुपैयाँ ऋण दिने, लिएको ऋण नतिर्ने अनि खरिद गर्ने नसक्ने मूल्यमा लिलामी निकालेर बिल्लीबाठ बनाउने गरेको तथ्य फेला परेको हो।

भएको के हो ?

एनआईसी एशिया बैंकमा यस्ता सयौं घटना छन्। यस्तै मध्यका एक हुन् काभ्रेपलाञ्चोकका सन्तोष लामा । उनी अहिले दिनहुँ एनआईसी एशिया बैंकको साखा हुँदै केन्द्रिय कार्यालयसम्मै पुग्छन्। साखा प्रबन्धकक अधिकारीले बिचौलियासँगको सेटिंगमा आफ्नो ९ रोपनी ९ आना जग्गा बैंकमा धितो राखेर लिलामी गर्ने अवस्थासम्म पुर्याइदिएपछि उनी यतिबेला मर्नु न बाच्नुको अवस्थामा छन्।

एनआईसी एशिया बैंकका पूर्व साखा प्रबन्धक बिनोद प्रसाद घिमिरेले ऋण लिएर व्यवसाय गर्ने भन्दै लामाकी श्रीमती उमा श्रेष्ठको नाममा रहेको ९ रोपनी ९ आना जग्गा गोठालो फर्मका नाममा नामसारी गरी एनआईसी यशिया बैंकमा धितो राख्छन् । मालपोतमा लेनदेन नदेखाई जग्गा पास गर्न नमिल्ने भएपछि बिनोदले कुमारी बैंकको ६०/ ६० लाखका २ वटा चेक श्रीमती  उमा श्रेष्ठको नाममा दिएर नामसारी गर्छन्। सोहि जग्गा बैंकमा राखेर बिनोदले आफ्नो निजी कम्पनी गोठालो फर्मका नाममा १ करोड ५० लाख रुपैयाँ ऋण निकाल्छन्। साखा प्रबन्धक अघिकारीको मिलेमतोमा उक्त जग्गाको मुल्यांकन बजारमूल्यभन्दा आत्यधिक गरिन्छ। त्यसमाथि पनि धितो मुल्यांकन भन्दा बढी ऋण निकालिन्छ। जबकी उक्त जग्गाको मुल्यांकन एक करोड ४९ लाख मात्रै गरिएको छ ।

अघिक मुल्यांकन देखाई बैंकबाट १ करोड पचास लाख रूपैयाँ निकालेका बिनोद लामाको सम्पर्कमै आउँन  छाड्छन्। उमा श्रेष्ठलाई दिएको १ करोड २० लाखको चेक साट्न जाँदा बैंकमा रकम हुँदैन। बिनोदले एनआईसी एशियाबाट गोठालो फर्ममा नाममा रकम निकाले भने भुक्तान गर्नुपर्ने रकमका लागि निजी खाताको चेक दिएका थिए। जग्गा खरिद बिक्री प्रयोजनमा जसको जग्गा खरिद गर्नका लागि ऋण लिइएको हो बैंकले उसैको नाममा रकम निकासा गर्नुपर्ने व्यवस्था छ तर प्रबन्धक अधिकारीले भने विनोदको नाममा रकम निकासा गरिदिएपछि उनको हातमा न पैसा छ न त जग्गा। छ त केवल पैसा नभएका चेक त्यो पनि अर्कै बैंकको।

लामाको जग्गा धितो राखेर पैसा निकालेका बिनोदले न त बैंकको किस्ता तिर्छन् न त भुक्तान गर्नुपर्ने रकम भुक्तान गर्छन् । बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिईएको हो सो रकम सोहि प्रयोजनमा खर्च गर्नुपर्ने नियम छ। तर, घिमिरेले गोठालो फर्मका नाममा जग्गा नामसारी गरेपनि सोहि जग्गा खरिद गरेवापत तिर्न भन्दै ऋणस्वरूप निकालिएको रकम आफ्नो निजि प्रयोजनमा खर्च गरेका छन्।

जग्गा बन्धक राखेर करोडौं रुपैंयाँ लिएर फरार भएका बिनोदले लामो समयपछि लामालाई बुझाउनुपर्ने रकम मध्ये ४२ लाख रूपैयाँ साथीमार्फत् उनको खातामा जम्मा गरिदिन्छन् भने १८ लाख रुपैयाँ नगद गरी एउटा चेक बराबरको रकम भुक्तान गर्छन् र चेक फिर्ता लैजान्छन् । तर अर्को ६० लाखको चेकको भने अझैसम्म गरेका छैनन्। लामा अहिले कानुनको ढोका ढकढक्याईरहेका छन् ।

पाउनुपर्ने रकम नपाएपछि कुमारी बैंकको ६० लाखको चेक बाउन्स गरी घिमिरेलाई कालोसूचीमा राखेर मुद्दा दायर गर्छन् । त्यसपछि बैङ्किङ्ग  कसुरमा बोनोदलाइ प्रहरीले पक्राउ पनि गर्छ। त्यसपछि उनकी श्रीमती सनम श्रेष्ठले जिल्ला अदालत काभ्रेपलान्चोक, जिल्ला प्रहरी परिसर  काभ्रेपलान्चोक र उमादेवीश्रेस  श्रेष्ठलाई  विपक्षी बनाएर बिनोदलाई थुनामुक्त गरिपाउँ भन्दै  बन्दिप्रत्यक्षिकरणको रिट दायर गर्छिन् ।

केहि समयपछि घिमिरेले कुमारी बैंकमै कार्यरत थापा थर गरेका आफ्ना साथीपामार्फत् कालोसूचीमा परेपछि त झन कारोबार गर्न  नमिल्ने भन्दै  पैसा लिने हो भने कालोसूची हटाउन भन्छन् र कालोसूची हटाइदिए पैसा फिर्ता दिने आश्वासन दिन्छन् । यसमा प्रहरी धर्मेन्द्र अकोलियाले पनि दवाव दिएको लामा बताउँछन्। लामाले इमान्दारितापूर्वक रकम पाउने आशमा कालोसूची हटाइपाउँ भन्दै निवेदन दिएपछि उनको कालोसूची हट्छ अनि बिनोद थुनामुक्त हुन्छन् ।

तर, कालोसूचीबाट हटेर थुनामुक्त भएपछि बिनोद उल्टै लामालाई धम्क्याउन थाल्छन् । रकम पाएपछि मात्रै कालोसूची हट्ने भएकाले पैसा तिरिसकेको भन्दै रकम नतिर्ने चतुर्याइँ गर्छन्।

अदालतको बयानमा समेत पैसा दिईसकेको झुटो बयान दिन्छन्। सोहि बयानका आधारमा २०८१ साल मङ्सिर ६ गते काभ्रे जिल्ला आदलतले  बैकको २०२४/०३/२६अर्थात्  २०८० साल चैत १३ को चेक रिटर्न शिटमा चेक नं. ००२४१३४८६५ खाता नं. १०३००४६७५४४००००१ को चेक उमादेवी श्रेष्ठलाई फिर्ता दिईएको भनी Received by Umabevi Shrestha भन्ने उल्लेख भएको देखिदा उक्त रकम उमादेवी श्रेष्ठले बुझेको हो होईन स्पष्ट खुलाई पठाईदिन भन्दै  कुमारी  बैंकलाई  पत्र काट्छ।

२०८१ साल मङ्सिर १३ गते उक्त उक्त पत्रको जवाफ पठाउँदै कुमारी बैंकले  उक्त चेक भुक्कानी नभएको व्यवहोरा सहितको पत्र अदालतमा पठाएपछि कुमारी बैंकका कर्मचारी समेतको मिलेमतोमा उल्टै लामालाई फँसाउन खोजिएको देखिएपछि आदलतमा दायर गरेको ठगी र बैङ्किङ्ग कसुर मुद्दा जित्छन् र लामाको पक्षमा फैसला हुन्छ।

अदालतले लामाको पक्षमा फैसला त गर्यो तर उनको जग्गा राखेर गोठालो फर्मका नाम निकालिएको १ करोड पचास लाख रुपैयाँको साँवा ब्याज भुक्तान गरिएको छैन। लामाले मुद्दा जितेपछि भने बैंकले उक्त जग्गा लिलामीमा निकालेर उनैलाई दिने बताएको छ । तर अघिक मुल्यांकन गरी पैसा निकालिएकाले लिलामीबाट उठाउन पनि चलन चल्ती भन्दा अत्याघिक पर्न जान्छ। त्यसमाथि बिडका लागि पैसा नभएकोले कर्जा माग गर्दा एनआईसी एशिया बैंकले अस्वीकार गरिरहेको छ। बिचौलिया र बैंकको मिलेमतोले लामा यतिबेला घर न घाटका भएका छन्। पूर्व कर्मचारी भएको र बैंककै मिलेमतो यी सबै काम भएकाले बिनोदलाई ऋण तिर्न समेत दवाव समेत दिएको छैन।

एनआईसी एशियाका पूर्व साखा प्रबन्धक तथा गोठालो फर्मका संचालक घिमिरे बैंकबाट फर्मका नाममा यसअघि पनि करोडौं रुपैयाँ कर्जा लिएर दुरुपयोग गरेका छन्। उनी बैंकको कालोसूचीमै छन् तर बैंकसँगको मिलेमतोमा उनको कारोबार एनआईसी बैंकमै निरन्तर चलिरहेको छ, जुन सरासर वित्तीय अपराध हो।

बैंकभित्र रहेर मनलाग्दी गरेपछि बैंककोमा दिनहुँ गुनासो आउन थालेपछि साखा प्रबन्धक अधिकारीलाई बनेपाबाट सरुवा गरेर धादिङ सरुवा गरियो तर उनलाई अझैसम्म निलम्बन गरिएको छैन। बैंक स्रोतका अनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संरक्षण गर्दै आएका छन्।

बैंकको व्यवस्थापकीय नेतृत्वमा रहेका सिईओ न्यौपाने पछिल्लो सँस्थाका बिषयमा उठेका कुनै पनि बिषयमा जवाफ दिनै चाहँदैनन्। सोहि सबन्धमा संगम अधिकारी भने माथि सोध्नु भन्दै पन्छिरहेका छन्। गोठालो संचालक घिमिरे सम्पर्कमै आएनन्।

एनआईसी एशिया बैंकविरूद्ध ३ हजार १ सय २९ वटा गुनासो, अझै भएन सम्बोधन

एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी

गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक

एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’

हिमालयन, एनआईसी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा: सीइओ राणा र शेरचनलाई सचेत, न्यौपानेलाई नसिहत

एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा

 

एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *