श्वेतगंगा हाइड्रोपावरको रिटेन्ड अर्निंङ ३७ करोड ६६ लाख ऋणात्मक

काठमाडौं ।  श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीको  विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । ५९ करोड ७६ लाख रुपैयाँ रहेको उक्त आम्दानी अहिले बढेर ६५ करोड ७४ लाख पुगेको छ ।
त्यस्तै, कम्पनीको  वित्तीय खर्च ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाख कायम भएको छ ।  १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निंङ ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.२७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७७.४१ रुपैयाँ छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *