एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी

काठमाडौँ। एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि देखिएको छ । आफूलाई अब्बल देखाउने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको होडबाजीका कारण बैंकका कर्मचारीमा चरम असन्तुष्टि पैदा भएको हो ।

सिईओ न्यौपानेको अहमता तथा फितलो व्यवस्थापनका कारण बैंकका अब्बल कर्मचारीले समेत धमाधम बैंक छोड्न थालेका छन्। हालै  मात्र बैंकका उच्च व्यवस्थापन तहको (क) वर्गमा कार्यरत चिफ डेभलपमेन्ट अफिसर कपिल ढकालले सिइओ न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै बैंक छाडेका छन् । त्यस्तै बैंककै अर्का कर्मचारी प्रकाश बराल पनि सीइओ न्यौपानेको कार्यव्यवहारप्रति असन्तुष्टि जनाउँदै बैंकबाट बाहिरिएका छन् । उनी एनआईसी एशिया बैंकको चिफ क्रेडिट अफिसर पदमा कार्यरत थिए ।

श्रोतका अनुसार बैंकमा सीइओ न्यौपानेको  निरंकुश राणा शासन प्रवृति हावी भएको भन्दै उच्च तहका अन्य थुप्रै कर्मचारी बैंक छाड्ने तयारीमा छन् । बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनिभन्ने मूल नारा बोकेको बैंकले यथार्थमा बैंकका साना शेयरधनी र काम गर्ने कर्मचारीका लागि भने साथी बन्न नसकेको एक जुनीएर कर्मचारीले गुनासो पोखेका छन् ।

‘सिईओलाई खुसी नबनाए कुन ठाँउमा सरुवा गरिदिने हो, या जागिरबाटै निकालीने हो पत्तो हुन्न बिहान ९ बजे नै अफिस पुग्नुपर्छ । राती पनि १०/११ बजे सम्म काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीं त घर पुग्दा अर्को दिन भैसक्छ उनले भने ।’

एनआईसी एशिया बैंक छाडेका ढकाल ज्योती विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र बरालले नायब प्रमुख कार्यकारी पदको जिम्मेबारी सम्हालेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *