एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा

काठमाडौं। वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब बढी खुद नाफा कमाएका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ।

यस अवधिमा नाफा बढी कमाउने दोस्रो बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बनेको छ भने ग्लोबल आईएमइ बैंक तेस्रोमा झरेको छ। त्यसै वित्तीय विवरण अनुसार सबैभन्दा पुछारमा एनआईसी यसिया बैंक रहेको छ।

चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए । समिक्षा अवधमिा ११ वटा बैंकको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ ।

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा मात्र कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेपछि बैंकको नाफा प्रभावित भएको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।

यस अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.९२ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *