प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत
काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनित भएका छन्। प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्। यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो। उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्। राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९…



