अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सय जनाको मृत्यु, २५० बढी घाइते

आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकका कैयौं क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरु सुनिएका छन् ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन् । यो आक्रमणलाई कडा रुपमा निन्दा गर्दै तालिबान सरकारले मानवताविरुद्धको अपराध बताएको छ भने पाकिस्तानले अफगानिस्तानको हवाई सीमाको उल्लंघन गरेको बताएको छ ।

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको बताएका छन् । पाकिस्तानको सूचना मन्त्रालयले आक्रमण काबुल र नंगहारमा रहेका सैन्य ठेगाना, प्राविधिक उपकरणको भन्डार र हतियार भन्डार स्थलमा गरिएको बताएको छ । यी क्षेत्रहरुबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमण गरिएकाले जवाफी कारबाही गरेको उक्त मन्त्रालयको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *