काठमाडौं । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ । बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो ।
क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
कारबाहीको सिफारिसमा परेकाहरूको नाम
राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा
रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि दक्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)







