प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवाहरूको विवरण आयोगले सार्वजनिक गरेको हो।
दलहरुले आफूले पाएको सिट संख्याअनुसार हिजो निर्धारित समयमा नै आयोगमा पार्टीको तर्फबाट नाम बुझाएका थिए। त्यसको आधारमा आयोगले आज उम्मेदवार निर्वाचित भएको घोषणा गरेको हो।










