काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ । मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले हाल व्यापारिक अवस्था निकै नाजुक रहेको र व्यवसाय उक्सिने स्थिति नरहेको बताए ।
महासंघले ३% ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउन, एमआरपी व्यवस्थापन सहज बनाउन, वैज्ञानिक घरभाडा नीति लागू गर्न र आयात–निर्यात प्रक्रियालाई सरल बनाउन माग गरेको छ । अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत व्यवसायीका समस्या सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
Artha Sanjal






