गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरुको आग्रह

ललितपुर । ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन् । पार्टी सुदृढीकरणका लागि थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको बताएका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा महांकालका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरे पनि छन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *