धनुषा–१ का रास्वपाका उम्मेदवार साहलाई कालो सूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।

निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई आयोगले निर्वाचित गरी साथै प्रमाणपत्र समेत दिइसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *