एनआईसी एशिया बैंकद्वारा श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । १३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि…

Read More

सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले,…

Read More

अमृत लम्साल बने नेपाल बैंकको सञ्चालक

काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव लम्साल नियुक्त भएका हुन्। बैंकका सञ्चालक महेश भट्टराई सो पदबाट बाहिरिएसँगै सञ्चालकमा लम्साललाई नियुक्त गरेको बैंकले जनाएको छ।    

Read More

एनआईसी एशिया बैंकद्वारा वीरेन्द्रनगर, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र…

Read More

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको २ लाख ४२ हजार ३५४ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौं कमलादीस्थित आईटी प्लाजामा रहेको बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको…

Read More

समस्याग्रस्त ४ सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले सोमबार एक सूचना जारी गर्दै विगतमा सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरूको विवरण बाहिर ल्याएको हो। विवरण सार्वजनिक गरिएका संस्थाहरूमा विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी…

Read More

सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब सीईओको रुपमा कार्यरत…

Read More

पैँतीस दिनभित्र ऋण चुक्ता गर्न पूर्वमन्त्री गुरुङलाई प्रभु बैंकको अल्टिमेटम

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेकपाका नेता तथा पूर्वमन्त्री अम्बिर बाबु गुरुङलाई ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले नेकपाका नेता तथा पूर्वमन्त्री गुरुङ र जमानीकर्ता रहेकी उनकी श्रीमती रेणुका गुरुङका नाममा रहेको ५० लाख रुपैयाँभन्दा बढी कर्जा असुल हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो। प्रकाशित सूचनाअनुसार ओखलढुंगाका गुरुङ दम्पतीलाई…

Read More

सपोर्ट लघुवित्तको बोनश शेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई…

Read More

अपाङ्गमैत्री बैंकिङ सेवा विस्तार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा साक्षर नभएका सेवाग्राहीलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई विशेष निर्देशन दिएको छ । राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गमैत्री शाखा सञ्चालन गर्न, विशेष काउन्टर व्यवस्था गर्न तथा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहितको एटीएम राख्न निर्देशन दिएको…

Read More

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान…

Read More

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा…

Read More

बैंकका कर्मचारीहरू कार्यालय समयभन्दा बढी खट्न नपर्ने, अतिरिक्त काममा ‘ओटी’

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अब ओभरटाइम कामका लागि बाध्य पार्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कर्मचारीको श्रम अधिकार, मानसिक स्वास्थ्य र कार्य वातावरणलाई ध्यानमा राखेर यस्तो व्यवस्था लागू गरेको हो । बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्मचारीमाथि अत्यधिक कामको चाप, लक्ष्य (टार्गेट) पूरा गर्नुपर्ने बाध्यात्मक दबाब…

Read More

भारतीय रिजर्भ बैंकले सरकारलाई २९.९ अर्ब डलर भुक्तानी गर्ने

काठमाडौं — भारतीय रिजर्भ बैंक (आरबिआई) ले संघीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रुपैयाँ (करिब २९ अर्ब ९० करोड अमेरिकी डलर) हस्तान्तरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। आरबिआई बोर्डले शुक्रबार उक्त निर्णय सार्वजनिक गर्दै वर्तमान समष्टिगत आर्थिक अवस्था, वित्तीय प्रदर्शन तथा बढ्दो जोखिमलाई ध्यानमा राखेर अधिशेष रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको जनाएको हो। आरबिआईले हरेक…

Read More

बैंकिङ पहुँचलाई समावेशी बनाउँदै राष्ट्र बैंक : ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सरल बैंकिङ व्यवस्था

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंकिङ सेवालाई थप समावेशी, पहुँचयोग्य र सेवामुखी बनाउन ‘सरल बैंकिङ’ सम्बन्धी विशेष व्यवस्था कार्यान्वयनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले सबै वर्गका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने उद्देश्यसहित राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत नयाँ प्रावधान लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर…

Read More

रविमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन कास्की अदालतको अनुमति

काठमाडौँ। कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ। शुक्रबार जिल्ला कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहितका व्यक्तिविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अरु मुद्दा फिर्ता लिन अनुमति दिएको हो। गोरखा मिडिया नेटवर्कमका अध्यक्ष जिवी राई, सञ्चालक छविलाल जोशीसहित लामिछानेविरुद्ध दायर भएको…

Read More

३२औँ वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्थापनाको ३२ औं वार्षिकोत्सवको अवसरमा एक साताभरी विभिन्न कार्यक्रमहरू गरेको छ । बिहीबार ३२औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बैंकका अनुसार, कार्यक्रम जेठ २ देखि ७ गतेसम्म सम्पन्न भएको थियो । वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ मा बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको…

Read More

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण…

Read More

बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट १०० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज जेठ ८ गते दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम संकलन गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग…

Read More

सिटिजन्स बैंक विवादमा सर्वोच्चको नयाँ फैसला: एउटै व्यक्ति दुवै समूहको प्रतिनिधि बन्न पाईन्न

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरधनीले सोही संस्थाको साधारण सेयरधनी समूहबाट सञ्चालक पदमा प्रतिस्पर्धा गर्न नपाउने स्पष्ट व्याख्या गरेको छ । अदालतले नेपाल राष्ट्र बैंक को एकीकृत निर्देशनलाई वैधानिक आधार मान्दै उक्त व्यवस्था कार्यान्वयनयोग्य रहेको ठहर गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकाल को संयुक्त इजलासले सिटिजन्स बैंक सम्बन्धी…

Read More