मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई टोखाबाट पक्राउ परेका हुन् । उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । २७ वर्षीय परियारले अनामनगर स्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका…

Read More

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे बस्ने बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) स्वीकृत गर्ने तयारी गरिएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने…

Read More

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी…

Read More

एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण, सहकारीमा चरम बेथिति

काठमाडाैं । सहकारी संस्थाले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको खुलेको छ । सहकारी बेथिति जाँचबुझ आयोगले सार्वजनिक गरेकाे प्रतिवेदनअनुसार एउटै व्यक्तिलाई १४ करोड रुपैयाँसम्म ऋण दिइएको भेटिएको छ भने एकैदिन ४९ लाख र ५१ लाख गरी एक करोडभन्दा बढी कर्जा प्रवाह गरिएको पाइएको छ । प्रतिवेदनमा ४९ प्रतिशतभन्दा बढी सञ्चालक पदाधिकारीले आफ्नै संस्थाबाट ऋण…

Read More

वीरगञ्ज नाकाबाट १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व ६७ अर्ब संकलन

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयकाअनुसार समीक्षा अवधिमा नेपालमा छ थरिका पेट्रोलियम पदार्थ भित्रिएका हुन् । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३…

Read More

५६ जनाको शेयर रोक्का गर्न सेबोनलाई सीआईबीको निर्देशन( नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका व्यवसायीहरुको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई  निर्देशन दिएको छ । व्यवसायी   दिपक भटट्लगायतमाथि अनुसन्धान गरिरहेको  सीआईबीले यस प्रकरणमा जोडिएका व्यक्तिको लगानीको विवरण पठाउन निर्देशन दिएको हो । सीआईबिले पठाएको ५६ जनाको लगानीको विवरण पठाई हाल कारोबार रोक्का राखि ब्यूरोलाई सहयोग…

Read More

बजेट भाषण शुक्रबार ४ बजे हुने

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था…

Read More

अष्ट्रेलियाको अर्थतन्त्रमा सकारात्मक संकेत, मुद्रास्फीति घटेर ४.२ प्रतिशत पुग्याे

काठमाडाैँ । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ। यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो। सरकारी तथ्यांकअनुसार मुद्रास्फीतिमा  कमी आए पनि आवास र यातायात क्षेत्र अझै मूल्यवृद्धिका मुख्य कारण बनेका छन्। अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकाङ्कअन्तर्गत सबैभन्दा ठूलो हिस्सा ओगटेको आवास क्षेत्रको…

Read More

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान, विदेशी विनिमय सञ्चितिमा ‘ऐतिहासिक रेकर्ड’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताएका हुन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा…

Read More

सवारी साधनको संख्या ६२ लाख नाघ्यो, ८१ प्रतिशत हिस्सा मोटरसाइकलकै

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा दर्ता भएका सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ। तीमध्ये ५० लाख ६४ हजार ३ सय ६४ मोटरसाइकल रहेका छन्, जुन कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा…

Read More

पेट्रोलियम भण्डारण क्षमता कमजोर : डिजेल १६ र पेट्रोल १४ दिनलाई मात्रै पुग्ने

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको भए पनि यो अझै पर्याप्त छैन। सर्वेक्षणअनुसार हालको भण्डारण क्षमताले माग धान्न सक्ने स्थिति निम्न बमोजिम छ । डिजेल कुल ६०,४२१ किलोलिटर भण्डारण क्षमता छ, जसले देशको मागलाई १६ दिन मात्र धान्न सक्छ । पेट्रोल…

Read More

आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हालसम्म ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार महिला श्रमिकको हिस्सा ७.१ प्रतिशत र पुरुषको ९२.९ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने ५ लाख २५ हजार ५ सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।…

Read More

डिडिसीमा सिआईबीको छापा कर्मचारीको मोबाइल जफत

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा  छापा हानेको छ। सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरिसकेको छ भने दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ। ‘सिआइबीबाट ८–९ जनाको टोली आएर दूध खरिदबिक्रीका विवरण, मौजदात र किसानलाई भुक्तानी गर्न…

Read More

दुर्गा प्रसाईंमाथि दुरुत्साहनमा छानबिन गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई जेनजी आन्दोलनका क्रममा ‘दुरुत्साहन’ (उत्तेजक अभिव्यक्ति) दिएको आरोपमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो । आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका…

Read More

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा उल्लेख गरेको छ। आयोगले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र त्यसपछि उत्पन्न भएको हिंसात्मक परिस्थितिलाई…

Read More

सुशीला कार्की, ओमप्रकाश, गौरीबहादुर, सुधन गुरुङमाथि दुरुत्साहनमा छानबिन गर्न सिफारिस (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहनमा छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ । ‘जेनजी’ आन्दोलनको प्रदर्शन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन भए/नभएको विषयमा निष्कर्षमा पुग्न सूक्ष्म अनुसन्धानका निम्ति सिफारिस गरिएको हो । ‘‘भाद्र…

Read More

नेपालमा सडक विस्तार १ लाख किलोमिटर नाघ्यो

काठमाडौं । नेपालभर सडकको कुल लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ। अहिले डिजिटल टेलिभिजन पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ । मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको समेत आर्थिक सर्वेक्षणले देखाएको छ । तथ्यांक अनुसार आधारभूत…

Read More

४५ सार्वजनिक संस्थानमा सरकारको ८ खर्ब लगानी

काठमाडौं । नेपाल सरकारले लगानी गरेका सार्वजनिक संस्थानको संख्या ४५ पुगेको छ। तीमध्ये २० वटा संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेका छन्। आर्थिक वर्ष २०८१/८२ सम्मको विवरणअनुसार २५ वटा संस्थानमा सरकार वा सरकार स्वामित्वका निकायको ५० प्रतिशतभन्दा बढी सेयर लगानी रहेको छ। सरकारले ३२ संस्थानमा ९० प्रतिशतभन्दा बढी तथा ३६ संस्थानमा ६० प्रतिशतभन्दा बढी स्वामित्व कायम…

Read More

मल आपूर्तिमा बजेट मुख्य चुनौती, आगामी वर्षका लागि ९५ हजार मेट्रिक टनको टेण्डर सम्पन्न

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ । बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो ।…

Read More

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ । सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने अनुमानका बीच नेपालको…

Read More