४५ सार्वजनिक संस्थानमा सरकारको ८ खर्ब लगानी

काठमाडौं । नेपाल सरकारले लगानी गरेका सार्वजनिक संस्थानको संख्या ४५ पुगेको छ। तीमध्ये २० वटा संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेका छन्।

आर्थिक वर्ष २०८१/८२ सम्मको विवरणअनुसार २५ वटा संस्थानमा सरकार वा सरकार स्वामित्वका निकायको ५० प्रतिशतभन्दा बढी सेयर लगानी रहेको छ। सरकारले ३२ संस्थानमा ९० प्रतिशतभन्दा बढी तथा ३६ संस्थानमा ६० प्रतिशतभन्दा बढी स्वामित्व कायम गरेको छ।

सामाजिक क्षेत्रका सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल र राष्ट्रिय आवास कम्पनीमा सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र धौबादी फलाम कारखानामा सरकारको शतप्रतिशत सेयर लगानी छ ।

व्यापारिक क्षेत्रका चार वटा संस्थानमध्ये खाद्य तथा व्यापार कम्पनीमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । सेवा क्षेत्रका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेसनल कन्स्ट्रक्सन कम्पनी, नेपाल रेल्वे कम्पनी, नेपाल पूर्वाधार निर्माण कम्पनी र नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडमा सरकारको शतप्रतिशत स्वामित्व छ ।

जनोपयोगी क्षेत्रतर्फ नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको पूर्ण स्वामित्व रहेको छ । वित्तीय क्षेत्र तर्फ नेपाल सरकारको पूर्ण स्वामित्व भएका सार्वजनिक संस्थान छैनन । यद्यपी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा सरकारको स्वामित्व ९९.९७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको चुक्ता पूँजी गत आर्थिक वर्षको तुलनामा २.३८ प्रतिशतले बढेर कुल ४ खर्ब ३७ अर्ब ८० करोड १२ लाख पुगेको छ ।

सार्वजनिक संस्थानमा सरकारको स्वामित्व गत आवको फागुसम्मको तुलनामा ०.२९ प्रतिशत बिन्दुले घटेर ९१.६८ प्रतिशत कायम भएको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ८.३२ प्रतिशत छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *