५६ जनाको शेयर रोक्का गर्न सेबोनलाई सीआईबीको निर्देशन( नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका व्यवसायीहरुको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई  निर्देशन दिएको छ ।

व्यवसायी   दिपक भटट्लगायतमाथि अनुसन्धान गरिरहेको  सीआईबीले यस प्रकरणमा जोडिएका व्यक्तिको लगानीको विवरण पठाउन निर्देशन दिएको हो । सीआईबिले पठाएको ५६ जनाको लगानीको विवरण पठाई हाल कारोबार रोक्का राखि ब्यूरोलाई सहयोग गर्न समेत आग्रह गरेको छ।

यस प्रकरणमा गार्डियन माइक्रो लाइफका सिईओ देखि बीमा कम्पनीका संचालक र इन्भेष्ट बैंकका उच्च पदाधिकारीहरु जोडिएकोले उनीहरुको विवरण पठाउन भनेको छ ।

सीआईबिको कारवाही शाखाले धितोपत्र सम्बन्धी कसुर ऐनमा सरकारको प्रतिवादि रहेको दिपक भटट्को अनुसन्धानमा क्रममा उनको कारोबार भएको कम्पनीहरुसँग जोडिएको नामको प्रतिवादिहरुको नाममा रहेको लगानीको विवरण खुल्ने गरी पठाउन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको हो।

को–को हुन् ५६ जना ? 

यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, नेपाल माइक्रोकै लतिका गोल्यान, बद्रि सिग्देल, त्यसैगरी, प्रविना दाहाल, सुजत्न मल्ल, हिमालयन रिइन्स्योरेन्सका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र मनिष कुमार छन् ।

त्यसैगरी, हिमालय सेक्युरिटी बैंकका सञ्चालक सीताराम वाग्ले, आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका लागि अध्यक्ष शिशिर गैरे, हिमालयन इन्भेस्टमेन्ट बैंकका सञ्चालक अध्यक्ष कपिलकुमार दाहाल, सञ्चालक सदस्य राजनप्रसाद अधिकारी, क्रेस्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक विदुर पुरी, हिमालयन इन्भेस्टमेन्ट बैंकका सञ्चालक विनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानाङ्गा, सुभाष पौडेल, सालिनी संघाई, प्रतीक जोशी रहेका छन् ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, गार्डियन माइक्रोका कार्यकारी प्रमुख अधिकृत चिरायु भण्डारी, सोही माइक्रोका लगानी समिति सदस्य ज्योतिप्रकाश पाण्डे र समिर खरेल रहेका छन् ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालक समिति अध्यक्ष कृतिका अग्रवाल, सञ्चालक समिति सदस्य तथा लगानी समिति संयोजक दिनेश सरिया, सञ्चालक समिति सदस्य निरु दाहाल, सञ्चालक समिति सदस्य तथा लगानी समिति सदस्य नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेल, दिपेशकुमार श्रेष्ठ पनि रहेका छन् ।

त्यस्तै,  क्रेस्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक समिति सदस्य मृदुला सरिया, पवित्रलाल चुके, विनोदनरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू बलराम खत्री, नेहा अग्रवाल, आशिष सिंह, प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव, लगानी समिति सदस्य तथा वित्त विभाग प्रमुख देवेन्द्र धिताल रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *