नेपालमा सडक विस्तार १ लाख किलोमिटर नाघ्यो

काठमाडौं । नेपालभर सडकको कुल लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ।

अहिले डिजिटल टेलिभिजन पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ । मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको समेत आर्थिक सर्वेक्षणले देखाएको छ ।

तथ्यांक अनुसार आधारभूत खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगेको छ । सुरक्षित खानेपानी पहुँच २९ प्रतिशत जनसंख्यामा पुगेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *