यि हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । मन्त्रि परिषद्ले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने र योगदानमा आधारित निवृतिभरण कोषस्थापना…

Read More

वैदेशिक रोजगारी र शिक्षाको नाममा ठगीधन्दा, बालेन सरकारले पनि गर्न सकेन बन्द

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ह्वात्तै बढेका छन् । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी नै नेपालीको भर बनेको छ । तर, वैदेशिक रोजगारीको नाममा ठगीधन्दा मौलाएको छ । विदेश उडाइदिने भन्दै पैसा असुल्ने र अलपत्र पार्ने गिरोह सक्रिय भएको छ । तर, नियामक निकाय भने यसबारे अनविज्ञझैं छ । म्यानपावर र कन्सल्टेन्सीले विदेश…

Read More

ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र हटाउन महानगरको निर्देशन, नलगे लिलाम गर्ने चेतावनी

काठमाडौँ। काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी ४के टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ। महानगरपालिका वडा नं. ३ का मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईबीचको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको…

Read More

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको जानकारी दिएका हुन् । उनले हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब…

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् बैठकका निर्णयहरू: –नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने…

Read More

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै पोखरेलले भने ।  

Read More

सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। किसानले आफ्नो उपजको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले…

Read More

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  

Read More

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिएको छ । बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था र फछ्र्यौट प्रगतिबारे विवरण प्रस्तुत गरेका हुन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रालयको कुल बेरुजु ४ अर्ब ५८ करोड रुपैयाँ…

Read More

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। सोमबार (आज) अपरान्ह साढे ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

Read More

सहकारी ठगी प्रकरण: कांग्रेस नेता धनराजकी श्रीमती ज्योतिलाई अदालत उपस्थित हुन आदेश

काठमाडौं । मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी श्रीमतीलाई  १५ दिनभित्र उपस्थित हुन अदालतले आदेश दिएको छ । धनराज गुरुङकी श्रीमती ज्योति गुरुङलाई मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ललितपुर जिल्ला अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो । अदालतले एक सूचना जारी गर्दै उनलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित…

Read More

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्। आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् । उनले भनिन्,‘सन् २०३५…

Read More

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य भएको बताएका छन् । आइतबार सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै अधिकारीले व्यक्तिगत स्वतन्त्रताको नाममा समाजलाई हानि पु¥याउने वस्तुको उपभोगलाई नियमन गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे । पूर्वउपाध्यक्ष अधिकारीले चुरोट, मदिरालगायतका स्वास्थ्यलाई हानि…

Read More

जग्गा रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र जारी, नयाँ व्यवस्थामा के-के समेटिए ?

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा धितो बन्धक रोक्का तथा फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सहज बनाउन ९ बुँदे परिपत्र जारी गरेको छ। नेपाल बैंकर्स संघको आग्रहपछि पाम प्रणाली लागू भएका मालपोत कार्यालयहरूलाई लक्षित गर्दै विभागले नयाँ निर्देशन दिएको हो। अनलाइनमार्फत धितो बन्धक र फुकुवाको लिखत पेस गर्दा देखिएका प्राविधिक तथा प्रक्रियागत समस्या समाधान…

Read More

विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् । आइतबार काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको…

Read More

एपीजी/एफएटीएफको चेतावनीपछि नेपालमा कडाइ : विदेशी लगानी र ठूला घराना समूह अनुसन्धानको राडरमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण, शंकास्पद विदेशी लगानी तथा अफसोर कम्पनीमार्फत भएका लगानी संरचनाबारे अध्ययन गर्न आएको एपीजी/एफएटीएफ टोलीले नेपाल सरकारलाई आगामी ४ महिनाभित्र प्रभावकारी सुधारात्मक कदम चाल्न सुझाव दिएको छ। टोलीले विशेषगरी अफसोर कम्पनीमार्फत भित्रिएको लगानी, विदेशी लगानीको वास्तविक स्रोत, तहगत वित्तीय संरचना तथा लाभांश विदेश पठाउने प्रक्रियामा कमजोरी देखिएको भन्दै तत्काल सुधार आवश्यक रहेको…

Read More

सीमित स्रोतबीच सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गरेका छौंः मन्त्री बादी

काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा छलफल गरिएको छ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सीमित स्रोत साधनका बाबजुद मन्त्रालयले संवेदनशील वर्गको संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताएकी छन् । समितिको बैठकमा मन्त्री बादीले सांसदहरूबाट प्राप्त…

Read More

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि शुक्रबार भएकाे निर्वाचनको मतगणना सकिएको छ। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्। वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाए…

Read More

एफएनसीसीआईमा रोचक भिडन्त: अन्जन समूहबाट वैद्य, संघई ढकालका क्यान्डिडेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा रोचक भिडन्त हुँदैछ। जसमा २–२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। शुक्रवारका लागि तय निर्वाचन कार्यक्रमअनुसार वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई र सुरकृष्ण वैद्य बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष पदमा…

Read More

सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने

काठमाडौं । शुक्रबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने बताएका छन् । समितिको बैठकमा उठेका विषयवस्तुबारे बोल्दै उनले अब विकास खर्चलाई लैङ्गिक चेतसहित अघि बढाइने बताए । उनले भने, ‘अब हामीले गर्ने सार्वजनिक खर्चमा लैङ्गिक चेत आउनुपर्छ । पहिलाको जस्तो विकास खर्च लैङ्गिक…

Read More