बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो । संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने…

Read More

मन्त्रीहरूको घरजग्गा विवरण सार्वजनिक, गृहमन्त्री गुरुङको सबैभन्दा धेरै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूसँग देशका विभिन्न जिल्लामा उल्लेख्य जग्गा रहेको देखिएको छ। विवरणमा उल्लेख भए अनुसार सबैभन्दा धेरै जग्गा गृहमन्त्री सुधन गुरुङको रहँदा सबैभन्दा कम कानुनमन्त्री सोविता गौतमको रहेको देखिन्छ । मूल्यको आधारमा भने शिक्षामन्त्री सस्मित पोखरेलको जग्गा सबैभन्दा धेरै देखिन्छ । यस्ताे छन्  विवरण १….

Read More

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूका लागि एउटा महत्त्वपूर्ण र राहतकारी निर्णय गरेको छ । सम्झौताअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीहरूले तिर्नुपर्ने ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय प्राधिकरणले गरेको हो । गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यो निर्णय गरेको भए तापनि यसलाई यही चैत…

Read More

अर्थमन्त्री स्वर्णिम वाग्ले करोडौँका मालिक, कति छ चल-अचल सम्पति ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनी उल्लेख्य सम्पत्ति भएका मन्त्रीका रूपमा देखिएका छन्। सम्पत्ति विवरणमा काठमाडौंको चन्द्रागिरी क्षेत्रमा उनका बुवाको नाममा रहेको ३ रोपनी जग्गा उल्लेख गरिएको छ। उक्त जग्गा पहिले करिब २० लाख रुपैयाँमा खरिद गरिएको भए पनि हाल यसको मूल्य झण्डै ९ करोड ६० लाख रुपैयाँभन्दा बढी पुगेको अनुमान…

Read More

स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् । अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्व जानकारी विना नै अस्पताल पुगेकी हुन् । अनुगमनका क्रममा उनले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव…

Read More

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेकोले बाँकि काम सम्पन्न गर्न तदारुपता देखाउनुपर्ने उनको भनाई छ । रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट समेत…

Read More

२१ घण्टे इस्लामाबाद वार्ता निष्कर्षविहीन, अमेरिका र इरानबिच सम्झौता हुन सकेन

पाकिस्तानको मध्यस्थतामा भएको ‘इस्लामाबाद वार्ता’ २१ घण्टाको लामो छलफलपछि पनि कुनै सम्झौता बिना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसँग सहमति हुन नसकेको बताएका हुन्। भान्सले भने, ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले धेरै ठोस छलफलहरू गरेका छौं, यो राम्रो खबर हो। नराम्रो खबर यो हो कि हामी…

Read More

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वती लामालाई उठाएको थियो । अर्यालका अनुसार सरस्वती लामाको पक्षमा संसदमा उपस्थित…

Read More

अर्थमन्त्री वाग्लेसँग नेपाल बैंकर्स संघको शिष्टाचार भेट,अर्थतन्त्र सुधारमा सहकार्यको प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकर्स संघ (NBA) का कार्यसमिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डॉ. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। संघका पदाधिकारीहरूले अर्थमन्त्री वाग्लेलाई पदभार ग्रहण गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र पुनर्जीवित गर्न सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइएको थियो। उनीहरूले लगानी वृद्धि, वित्तीय…

Read More

रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले सो धारणा राखेका हुन् । समस्याको वर्गीकरण गरी समाधानको उपाय खोजिने उल्लेख गर्दै…

Read More

जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे। उनले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि…

Read More

मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए ।…

Read More

गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री बन्दै

काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।    

Read More

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धि सुस्त रहने प्रक्षेपण गरेको छ। एडिबीले आफ्नो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२६ मार्फत नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने जनाएको हो। यो गत आर्थिक वर्ष ०८१/८२ को ४.६ प्रतिशतभन्दा उल्लेख्य रूपमा कम हो। एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो…

Read More

नागढुंगा सुरुङमार्ग: कुन सवारीको शुल्क कति?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक…

Read More

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले…

Read More

योजना आयोगमा ६ सदस्य नियुक्त, को-को परे ?

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन् । यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।  

Read More

सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ । भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल…

Read More

साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो । प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन् । पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग…

Read More

रास्वपाले भन्यो- स्वास्थ्यमन्त्री निशा मेहताको गाम्भिर्यता देखिएन, सचेत गराउनू

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् । मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै पार्टी सभापति रवि लामिछानेले सचेत गराउन सिफारिस गरेपछि प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन् । प्रधानमन्त्री शाहका प्रेस विज्ञ दीपा दाहालका अनुसार मन्त्री मेहतालाई सचेत गराइएको हो । दाहालले भनिन्, ‘गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह…

Read More