आज बसेको मन्त्रिपरिषद् बैठकले केके गर्यो निर्णय ?

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न विकास, प्रशासनिक र प्राविधिक विषयमा निर्णय गरेको हो।

बैठकले Integrated Water Supply & Sewerage Management Project का लागि एसियाली विकास बैठकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा एउटा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ १ को निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा ११४ रोपनी ३ आना राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *