हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पार्टनर (HPPL) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन कम्पनीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३८१ रुपैयाँ ३३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको…

Read More

सालमनीदेवी हाइड्रोले आईपीओ निष्कासन गर्ने, सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं। सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो। सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर सञ्चालक…

Read More

कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले हाल प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको हो। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण…

Read More

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणः अनधिकृत कार्यकाे सूचना उपलब्ध गराइदिन गृहको आग्रह

काठमाडौं। गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ। मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्न सक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले कुनै व्यक्ति, निकाय…

Read More

विभागद्वारा १५ फर्ममा अनुगमन, तीनवटालाई ७० हजार जरिवाना

काठमाडौं। नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ। स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिशा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो। विभागका अनुसार ललितपुर महानगरपालिका– २२ बुंगमतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार जरिवाना गरेको छ। ललितपुर महानगरपालिका–१८ मगरगाउँमा…

Read More

आठ महिनामा १२ खर्बको आयात, झण्डै दुई खर्बको निर्यात हुँदा व्यापार घाटा ११ खर्ब

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउनदेखि फागुनसम्म)मा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। सोही अवधिमा नेपालबाट १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। आठ महिनाको अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात २०.८३ प्रतिशतले बढेको…

Read More

सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

काठमाडौं। सोपान फर्मास्युटिकल्सले आजदेखि आईपीओ खुलाएको छ। कम्पनीले पहिलो चरणमा १० प्रतिशतबराबरको ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो। कम्पनीले ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ। त्यसमध्ये दोस्रो चरणमा कम्पनीले ५ प्रतिशतले २ लाख १४ हजार ५०० कित्ता सेयर…

Read More

मध्यपूर्व युद्धः एसियाली सेयर बजार राताम्य, कच्चा तेलको मूल्य प्रतिब्यारेल १११.२५ डलर

मध्यपूर्वमा इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व चौथो सातामा प्रवेश गर्दा यसको असर विश्व अर्थतन्त्र हुँदै एसियाली बजारमा देखिएको छ। इरानले खाडी क्षेत्रमा अमेरिकी सैनिक अड्डा तथा पेट्रोलियम पूर्वाधारमा आक्रमण गर्नुका साथै होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि तेल आपूर्ति प्रभावित भएको छ। सोमबार कारोबार सुरु भएलगत्तै एसियाका प्रमुख सेयर बजारमा तीव्र गिरावट आएको छ। जापानको प्रमुख…

Read More

स्नो रिभर्सको आईपीओ बिक्री खुल्यो, आयोजना प्रभावितले १० हजार कित्तासम्म माग गर्न सक्ने

काठमाडौं। स्नो रिभर्सले आजदेखि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार…

Read More

१ अर्ब बढीको अवैध क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंबाट क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबारमा संलग्नताको आशंकामा तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने तीन जनामध्ये एक भारतीय र दुई नेपाली रहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी मनोहरप्रसाद भट्टले बताए। भारतको पश्चिम बंगाल घर भई…

Read More

नेप्सेमा सिद्धार्थ बैंकसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकसहित ६ कम्पनीले बोनस सेयर सूचीकृत गराएका छन्। नेप्सेमा सिद्धार्थ बैंकको ५ प्रतिशत बोनसबापत ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनसबापत ४३ लाख ५९ हजार ६६३ कित्ता, माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनसबापत ५२ लाख ५ हजार ४३१ कित्ता, साना किसान विकास लघुवित्तको १४…

Read More

वाणिज्य विभागद्वारा १३ फर्मममा अनुगमन, एउटालाई १० हजार जरिवाना

काठमाडौं। नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ। स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना गरेको हो। विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५…

Read More

अमेरिकी डलर स्थिर, युरो सामान्य बढ्दा पाउन्डको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा…

Read More

इन्धन मूल्यवृद्धिले अर्थतन्त्रमा दबाबको संकेत

काठमाडौं । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण इन्धनको मूल्यवृद्धिले दीर्घकालमा नेपालको अर्थतन्त्रमा दबाब पर्न सक्ने संकेत देखिएको छ। तत्काल भने विदेशी मुद्रा सञ्चिति बलियो रहेकाले ठूलो संकटको अवस्था नरहेको नेपाल राष्ट्र बैंक ले जनाएको छ। राष्ट्र बैंकका अनुसार हालको सञ्चिति करिब १६–१८ महिनाको आयात धान्न पर्याप्त छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गए…

Read More

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुन सकेन

बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार…

Read More

बैंक कमजोर भए सीईओको तलब रोकिने, कार्यसम्पादनमै आधारित पारिश्रमिक ल्याउँदै राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पारिश्रमिकलाई कार्यसम्पादनसँग प्रत्यक्ष जोड्ने नयाँ मार्गदर्शन ल्याउने तयारी गरेको छ। करिब १५ वर्षअघिको व्यवस्थालाई प्रतिस्थापन गर्दै आउन लागेको यस नीतिअनुसार अब बैंकको वित्तीय स्वास्थ्य कमजोर भएमा सीईओको तलब तथा सुविधा स्वतः प्रभावित हुनेछन्। राष्ट्र बैंक स्रोतका अनुसार, शीघ्र सुधारात्मक कारबाही (पीसीए)मा परेका…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । Currency Unit Buy Sell INR  (Indian Rupee) 100 160.00 160.15 USD  (U.S. Dollar) 1 149.64 150.24 EUR  (European Euro) 1 173.12…

Read More

अमेरिकी डलर स्थिर, पाउन्ड र युरोको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा…

Read More

२२ वर्षमै अर्बपति बने सूर्य मिधा, एआई स्टार्टअपबाट विश्वकै कम उमेरका बिलिनेयर

काठमाडौं — विश्वभर प्रविधिको तीव्र विकाससँगै ज्ञान आर्जन गर्ने प्रक्रिया झन् सहज बन्दै गएको छ । यही परिवेशलाई उपयोग गर्दै युवा पुस्ताले नवीन उत्पादन र सेवा विकासमा उल्लेखनीय उपस्थिति जनाइरहेका छन् । कतिपयले कम उमेरमै ठूलो आर्थिक सफलता हासिल गर्नसमेत सफल भएका छन् । फोर्ब्स पत्रिकाले हालै सार्वजनिक गरेको अर्बपति सूचीअनुसार ३० वर्षमुनिका ३५ जना…

Read More

धार्मिक क्षेत्रमा केबलकार अभियान : दर्शनार्थीको सेवा कि सार्वजनिक जग्गा हडप्ने योजनाको निरन्तरता ?

काठमाडौं । नेपालका सार्वजनिक जग्गा निजीकरण गर्ने काममा सरकार नै सक्रिय भएको पाईएको छ । केहि व्यापारीको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति कौडीको मूल्यमा बिक्री गर्नमा सरकार आँफै बिचौलिया बनिरहेको छ । बिना पैसा राजनीति सम्भव छैन भन्ने भाष्य र सोहीअनुरूप हुने खर्चिलो चुनावी प्रणालीका कारण तिनै व्यापारीको लगानीमा चुनाव जित्ने र सरकारको नेतृत्वमा पुगेपछि नेताहरुले…

Read More